तराई  भू-भागमा कुहिरो; देशका अधिकांश भू-भागमा चिसो बढ्दै

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशको पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

यस्तै दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराई  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार