ब्रेकिङ न्युज

Featured posts

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा

कैलाली । कैलालीको धनगढीमा संचालित सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ। एक सूचना जारि गर्दै अस्पातलले बुधबारदेखि सेवा सञ्चालनमा आएको जनाएको हो। सूचनामा उपकरण जडान भई परीक्षण कार्य सम्पन्न भएर सेवा पूर्णरुपमा सेवा सञ्चालनमा आएको उल्लेख छ। अस्पतालमा गत जेठको अन्तिम साता सिटीस्क्यान उपकरण ल्याइएको थियो। जडान गर्न, परीक्षण गर्न र उकरण चलाउने नयाँ जनशक्ति भर्ना प्रकियामा समय लागेको अस्पतालले जनाएको छ। सिटीस्क्यान सेवा सञ्चालन भएसँगै विरामीले कम मूल्यमा सिटीस्क्यान गर्न पाउने छन् ।
पुरा पढ्नुहाेस्
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,

काठमाडौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार आज बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ। यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।
पुरा पढ्नुहाेस्
कञ्चपुरमा आज राति दुई घरमा चोरी

कञ्चपुरमा आज राति दुई घरमा चोरी

कञ्चपुर । कञ्चपुरमा आज राति दुई घरमा चोरी भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर–२ बैजुडाँडामा आज राति दुई घरमा चोरी भएको हो । नगरपालिकाको वडा नम्बर(२ बैजुडाँडामा भारतीय लुटेराहरुले राति १ः३० बजेतिर २ घरमा लुटपाट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। लुटेराहरुले नगद, सुनचाँदी तथा मोवाईल समेत लगेर गएको प्रहरीले जनाएको छ। उनीहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री र मन्त्रीहरूले चाजुआवमा वृद्धि भएको १५ प्रतिशत तलब नलिने

प्रधानमन्त्री र मन्त्रीहरूले चाजुआवमा वृद्धि भएको १५ प्रतिशत तलब नलिने

काठमाडौं । सरकाले चालु आर्थिक वर्षमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन् । सरकारले बजेट वक्तव्यमार्फत चालु आर्थिक वर्ष ०७९÷८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ । कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा नागरिक उन्मुक्ति पार्टी बाट चौधरी चयन

सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा नागरिक उन्मुक्ति पार्टी बाट चौधरी चयन

कैलाली । सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा नागरिक उन्मुक्ति पार्टी बाट रामेश्वर चौधरी चयन भएका छन । आइतवार काठमार्डौमा पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रिय कमिटीले सुदुरपश्चिम संसदीय दलको नेतामा चौधरीलाई चयन गरेको जानकारी दिएको छ । रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र न.२, को प्रदेश सभा २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । सुदुरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसदहरु रहेका छन । ५ प्रत्यक्ष निर्वाचित र २ जना समानुपातिक गरि प्रदेश सभामा ७ जना सदस्य रहेको नागरिक पार्टीले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको छ ।
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान

कस्तो रहला आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले सोमबार आज मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पुरा पढ्नुहाेस्
(माओवादी केन्द्र) ले पार्टी पदाधिकारी बैठक बोलायो

(माओवादी केन्द्र) ले पार्टी पदाधिकारी बैठक बोलायो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार अहिले बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’ श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ । गठबन्धनको बैठकपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।
पुरा पढ्नुहाेस्
सरकार गठनको विषयमा सहमति; प्रधानमन्त्रीमा प्रचण्ड

सरकार गठनको विषयमा सहमति; प्रधानमन्त्रीमा प्रचण्ड

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी लगायतका नेताहरूको बैठकले सरकार गठनको विषयमा सहमति जुटाएको हो। आफूहरूको साथमा एक सय ६६ जना सांसद हुने एमाले र माओवादीको दाबी छ । सहमतिअनुसार अहिलेलाई प्रचण्ड प्रधानमन्त्री बन्नुहुनेछ, त्यसपछि एमालेले प्रधानमन्त्री पाउनेछ । त्यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि माओवादीका अध्यक्ष प्रचण्ड नयाँ गठबन्धन बनाउने भन्दै एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पुग्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमतसहित…
पुरा पढ्नुहाेस्
जनमत पार्टीका अध्यक्ष राउत बालकोट पुगे

जनमत पार्टीका अध्यक्ष राउत बालकोट पुगे

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी अध्यक्ष राउत ओलीको बोलावटमा आफू बालकोट आएको प्रतिक्रिया दिएका छन् ।  यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । सत्ता गठबन्धन टुटेसँगै एमालेले नयाँ सरकार बनाउनका लागि माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग छलफल अघि बढाएको हो ।
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक

श्री महुन्याल मा.वि.को आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीमा संचालित श्री महुन्याल माद्यामिक विद्यालयको आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ । शनिबार अभिभावकसहितको उपस्थितिमा सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परिक्षक समिति सयोजक बिदुर कुमार चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायत रहेका थिए । यसैगरी अथितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्वज बहादुर सुनार, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरिन्द्रा जोशी, शिक्षक अभिभावक संघ तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरु रहेका थिए । कार्यक्रममा प्रमुख अथिती रहेका वडा नम्बर ६…
पुरा पढ्नुहाेस्