कैलाली । कैलालीको धनगढीमा संचालित सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ। एक सूचना जारि गर्दै अस्पातलले बुधबारदेखि सेवा सञ्चालनमा आएको जनाएको हो।
अस्पतालमा गत जेठको अन्तिम साता सिटीस्क्यान उपकरण ल्याइएको थियो। जडान गर्न, परीक्षण गर्न र उकरण चलाउने नयाँ जनशक्ति भर्ना प्रकियामा समय लागेको अस्पतालले जनाएको छ। सिटीस्क्यान सेवा सञ्चालन भएसँगै विरामीले कम मूल्यमा सिटीस्क्यान गर्न पाउने छन् ।