सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा नागरिक उन्मुक्ति पार्टी बाट चौधरी चयन

कैलाली । सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा नागरिक उन्मुक्ति पार्टी बाट रामेश्वर चौधरी चयन भएका छन ।

आइतवार काठमार्डौमा पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रिय कमिटीले सुदुरपश्चिम संसदीय दलको नेतामा चौधरीलाई चयन गरेको जानकारी दिएको छ ।

रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र न.२, को प्रदेश सभा २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।

सुदुरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसदहरु रहेका छन । ५ प्रत्यक्ष निर्वाचित र २ जना समानुपातिक गरि प्रदेश सभामा ७ जना सदस्य रहेको नागरिक पार्टीले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार