(माओवादी केन्द्र) ले पार्टी पदाधिकारी बैठक बोलायो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार अहिले बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’ श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ ।

त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ । गठबन्धनको बैठकपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार