जनमत पार्टीका अध्यक्ष राउत बालकोट पुगे

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी अध्यक्ष राउत ओलीको बोलावटमा आफू बालकोट आएको प्रतिक्रिया दिएका छन् ।  यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

सत्ता गठबन्धन टुटेसँगै एमालेले नयाँ सरकार बनाउनका लागि माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग छलफल अघि बढाएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार