राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,

काठमाडौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार आज बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ ।

बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ।

यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार