ब्रेकिङ न्युज

Featured posts

यस्तो छ आज देशभरको मौसम

काठमाडौँ । देशभरको मौसम आज सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमानः देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाका अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक (दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मंगलबार पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: यी दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

मौसम पूर्वानुमान: यी दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  र गण्डकी…
पुरा पढ्नुहाेस्
आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । सर्वोच्च नेता सिंहसँग नजिक भएर काम गरेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत १९९७ सालमा प्रजातन्त्रका लागि घरपरिवार त्यागेर उनले राजनीति सुरु गरेको स्मरण गर्छन् । त्यागबाट राजनीतिक जीवन…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम…
पुरा पढ्नुहाेस्

दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना, १३ जना घाइते 

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी शुक्रबार दैलेख र सुर्खेतको सीमानामा दुर्घटनामा परेको हो। दुर्घटनामा परी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउन लागिएको प्रहरीले जनाएको छ । गाडी सडकबाट तल खसेको हो। गाडीमा कति सवार थिए र कसरी दुर्घटना भयो भन्ने खुल्न बाँकी रहेको उनले बताए।
पुरा पढ्नुहाेस्
आजदेखि दैनिक १० घण्टा बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

आजदेखि दैनिक १० घण्टा बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो…
पुरा पढ्नुहाेस्
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: कहाँ-कहाँ छ वर्षा र हिमपातको 

मौसम पूर्वानुमान: कहाँ-कहाँ छ वर्षा र हिमपातको 

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी  भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका…
पुरा पढ्नुहाेस्
कात्तिक शुक्ल प्रतिपदा: आजबाट नेपाल संवत् ११४५ प्रारम्भ

कात्तिक शुक्ल प्रतिपदा: आजबाट नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौँ । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएकाका थिए। पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । 'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने । विसं २००७ मा प्रजातन्त्रको…
पुरा पढ्नुहाेस्