ब्रेकिङ न्युज

Featured posts

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । #अनलाइन_खबर
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

२३ भदौ, काठमाडौं । सोमबार काठाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।   नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।   नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् ।   उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।
पुरा पढ्नुहाेस्
कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

काठमाडौं । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो। आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए। उनले बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको बताए। यो यस वर्षकै सबैभन्दा बढी मापन हो। कालीगण्डकी आज विहान नै ७.४० मिटरको विन्दुसम्म पुगेको थियो। वर्षा रोकिएकाले बहाब घट्दै जाने सम्भावना रहेको उनले बताए। कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्। पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट,…
पुरा पढ्नुहाेस्
यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

काठमाडौँ । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन् । गृहमन्त्री लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको जनाएका छन । कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट कार्यदलमा रहेका छन् । त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर…
पुरा पढ्नुहाेस्
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण

युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण

एजेन्सी । युक्रेनले रुसमाथि लामो दुरीको ड्रोन आक्रमण गर्‍यो, जसमा ४ वटा सैन्य हवाई अड्डा निशानामा परे र ४० वटा युद्धविमानमा क्षति पुग्यो। आक्रमण एसबीयूको 'स्पाइडर्स वेब' अभियान अन्तर्गत भएको थियो, जसमा ११७ ड्रोन प्रयोग गरियो र यसको तयारीमा डेढ वर्ष लाग्यो। रुसले आक्रमणलाई 'आतंकवादी कार्य' भन्यो, भने दुवै पक्षबीच शान्ति वार्ताका लागि वार्ताकारहरू टर्की जाँदैछन्, तर ठूलो मतभेदका कारण धेरै आशा छैन। कीएभ । युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। यस आक्रमणमा, युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइएको अभियानमा ११७ वटा ड्रोन प्रयोग गरी, ४ वटा रुसी सैन्य…
पुरा पढ्नुहाेस्
अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

कैलाली । अछाममा आइतबार साँझ अएको भीषण हावाहुरीक कारण दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । आइतबार साझ करिब ५ बजेको समयमा आएको भीषण हावाहुरीका कारण  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। सबैभन्दा बढी क्षति पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ। बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सो ठाउँको  लेख काडाँगाउँकी पवित्रा देवी धामीको दुई तले चारकोठे कच्ची घरको छाना उडाएको छ। पञ्चदेवल विनायक–३ का सिरे…
पुरा पढ्नुहाेस्
हेर्नुहोस् आजको राशिफल

हेर्नुहोस् आजको राशिफल

२०८२ जेष्ठ १० । मेष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। वृष नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। मिथुन प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। कर्कट रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। सिंह सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न…
पुरा पढ्नुहाेस्
हेमराज थापा (बाबुराजा) को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक

हेमराज थापा (बाबुराजा) को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक

काठमाडौं चैत्र २८ – लोकसंगीत क्षेत्रका चर्चित गायक तथा सर्जक हेमराज थापा ९बाबुराजा० को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक भएको छ। शान्ति श्री परियार र हेमराज थापा ९बाबुराजा० को सुमधुर आवाजमा रहेको यो गीतमा प्रेम, भावना र वियोगको कथा समेटिएको छ। गीतमा शब्द देव बोहरा र हेमराज थापा ९बाबुराजा० को रहेको छ भने संगीत पनि बाबुराजाले नै भरेका छन्। गीतको एरेन्ज पुष्कर खत्री ले गरेका हुन्। कुमार रानाले मिक्सिङरमास्टरीङ गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन राना को साथमा मरुनी डिजिटल स्टुडियो मा गरिएको हो। भिडियो पक्षमा पनि गीत निकै आकर्षक देखिएको छ। भिडियोमा कैलाश कठायत र सालिना खत्री…
पुरा पढ्नुहाेस्
वार्षिक पुण्य तिथिमा सहारा घरमा न्यानो कपडा वितरण 

वार्षिक पुण्य तिथिमा सहारा घरमा न्यानो कपडा वितरण 

बर्दगोरिया । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० निवासी धिरेन्द्र कार्कीले जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर २ मा रहेको असायका लागि सहयोगी हातहरु नेपाल सहारा घरमा न्यानो कपडा कम्बल वितरण गरेका छन ।   कार्कीले आफ्नी ममता मय स्वार्गिय आमा को वर्षिक पुण्य: तिथिको अवसरमा साहारा घरमा पुगि २० थान कम्बल वितरण गरेका हुन ।
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम रोयल्सद्वारा काठामाडौं रोयल्स ७३ रनले पराजित

सुदुरपश्चिम रोयल्सद्वारा काठामाडौं रोयल्स ७३ रनले पराजित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई  ७३ रनले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सक्यो । काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन जोडे । भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन थपे । यसबाहेक, काठमाडौंका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच…
पुरा पढ्नुहाेस्