ब्रेकिङ न्युज

Featured posts

प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा काठमाडौंमा सुरु

प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा काठमाडौंमा सुरु

काठमाडौं । प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा सुरु भएको छ । शनिबारदेखि काठमाडौंको शंखरापुर नगरपालिकामा सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्ने छ । साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ । साधारण सभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, सात वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको संगठनका उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो । उदघाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व सभामुखसमेत रहेका…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा रहेको एन बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्दै

बर्दगोरियामा रहेको एन बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्दै

बर्दगोरोया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा रहेको नवलपुर बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्ने प्रक्रियाको सुरुवात गरेको छ । नवलपुर बालबाटिकाले नयाँ अभ्यास स्वरुप बिधालयमा निर्वाचन मार्फत बिधालय क्याप्टेन,उप-क्याप्टेन र कक्षा क्याप्टेन र उप- क्याप्टेनको चयन गर्न खोजेको हो । विद्यार्थीको मताधिकारको प्रयोग र आगामी दिनमा हुने विभिन्न निर्वाचनमा मतदान गर्न सजिलो होस भन्ने उद्देश्यले निर्वाचन प्रक्रिया गरेको बिधालयका संस्थापक प्रमोद मल्लले बताउनु भयो । बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरगत मतदाता शिक्षा बारेमा प्रयोगात्मक अभ्यास गर्दै निर्वाचन प्रक्रिया बाटै क्याप्टेन र उप- क्याप्टेन चयन गर्न लागेको हो । साथै बालबाटिका बिद्या मन्दिरले प्रत्येक…
पुरा पढ्नुहाेस्
बर्दगोरियाका उपाध्यक्ष गणेश राज गिरिद्वरा वडा र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको नियमितता बारे अनुगमन

बर्दगोरियाका उपाध्यक्ष गणेश राज गिरिद्वरा वडा र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको नियमितता बारे अनुगमन

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष गणेश राज गिरिले वडा कार्यालय र स्वास्थ्य चौकिमा कर्मचारीहरुको नियमितता संगै स्वास्थ्य सेवाका बारेमा अनुगमन गर्नु भएको छ । शुक्रवार उपाध्यक्ष गिरि, वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी सहितको टोलिले वडा नम्बर ६ को वडा कार्यालय ,कोटातुल्सिपुर स्वास्थ चौकी, वडा नम्बर ५ को कार्यालय र कोईलिभुरुवा स्वास्थ्य ईकाई केन्द्रमा कर्मचारीहरुको नियमितताका बारेमा अनुगमन गरेका छन । दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकाले जनताको सेवालाई थप चुस्त राख्न कर्मचारीको नियमितताका बारेमा चासो राख्दै अनुगमन गरिएको हो । जनताले सेवा लिन आउदा कर्मचारीको व्यबहार ,स्वास्थ्य संस्थामा औषधि भए नभएको बारेमा स्थलगत…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-२ मा जग्गा नाप नक्साको कार्य सुरु

बर्दगोरिया-२ मा जग्गा नाप नक्साको कार्य सुरु

बर्दगोरिया । बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा जग्गाको नाप नक्साको काम सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै पालिका उपाध्यक्ष गणेश राज गिरि र वडा अध्यक्ष गोबिन्द बि क ले सुरुवात भएको बताएका हुन । भुमिहुन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्ने कार्य अनुरुप जग्गा नाप नक्साको काम सुरु भएको हो । जग्गा नाप नक्साको काम १ र ३ वडामा केही स्थानमा पोईन्ट र बिबादका कारण रोकिए पनि अन्य क्षेत्रमा भने जग्गाको नाप नक्साको कार्य सम्पन्न भएको छ । शुक्रबार वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख…
पुरा पढ्नुहाेस्
आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन

आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अवस्थित आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ । विद्यार्थीहरुलाई पढाई सङ्गै मानव सेवामा समेत प्रेरित गर्ने उद्देश्यका साथ उक्त युवा रेडक्रस सर्कल गठन गरिएको बिधालयका प्रीन्सिपल बिकास थापाले बताए । बालबालिका हरु बिधालयको समय भन्दा अन्य समयमा नकारात्मक कार्यमा संलग्न नहुन र उक्त समय मानव सेवा खर्च गरुन भन्दै समिति गठन गरेको बताए । जसको अध्यक्षमा स्मारिका चौधरी, उपाध्यक्षमा किरण रोकाय, सचिवमा स्मृति देबकोटा, कोषाध्यक्षमा न्युजन साउद, उपसचिवमा भुपिन पौडेल, उपकोषाध्यक्षमा रेनुका जैशी गरि ११ सदस्यीय कमिटी गठन गरिएको छ । यस्तै युवा सर्कलका संरक्षक बिध्यालयका प्रीन्सिपल…
पुरा पढ्नुहाेस्

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा घाइते भएका ठगुन्नाको उपचारका क्रममा मृत्यु

कैलाली । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीया अमरसिंह ठगुन्ना रहेका छन । बुधवार बिहान चिया पकाउने क्रममा ग्यास लिक हुँदा उनी जलेर घाइते भएका थिए। घाइते भएका उनलाई उपचारका लागि स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनीएपनी नेपालगंज लगिएको थियो। उनको नेपालगंजमा उपचारकाक्रममा मृत्यु भएको हो।
पुरा पढ्नुहाेस्

अनुमति पाएको बर्दगोरिया बहुमुखी क्याम्पसको डिन कार्यालयको टोलिद्वरा स्थलगत अवलोकन

बर्दगोरिया । कैलालीको बर्दगोरियामा संचालन हुन लागेको बर्दगोरिया बहुमुखी क्याम्पसको डिन कार्यालय काठमाडौको टोलिले फिजिबिलिटी अध्ययन अवलोकन गरेको छ । बुधबार बौनियामा आयोजित क्याम्पस संचालनका लागी पालिका संगको अन्तरक्रियामा डिन कार्यालय ब्यवस्थापन संकायका मदन पोख्रेल र मदन कडेलले क्याम्पस संचालनको स्रोत र व्यवस्थापनका बारेमा चासो राखेका छन । हामिले बर्दगोरियामा क्याम्पस संचालन गर्न अनुमती दिन्छौ तर क्याम्पसको दीर्घकालीन आर्थिक स्रोतको बारेमा जानकारी दिन आवस्यक रहेको मदन कडेलले बताए । उनले भने अहिले क्याम्पस संचालन गर्न तपाईहरु तयार भए पनि दीर्घकालीन आर्थिक स्रोतका बारेमा ठोस निर्णय लिन आवश्यक छ । यसै गरि डिन कार्यालय ब्यवस्थापन संकायका मदन पोख्रेलले त्रिभुवन विस्वविद्यालयबाट बाट…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा २ करोडको लागतमा सिचाई योजना बन्दै

बर्दगोरिया-६ मा २ करोडको लागतमा सिचाई योजना बन्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ६ मा सिचाई योजनाको शिलान्यास गरिएको छ । बुधबार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,उपाध्यक्ष गणेश राज गिरि ,वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । महाकाली सिचाई योजनाबाट बिनियोजित करिब २ करोड लागतमा सो सिचाइ योजना बन्ने छ । सो बोरिङ बनेपछी त्यस क्षेत्रका जनतालाई सिचाई गर्न सहज हुने छ । शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बन्ने उक्ता बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष कुँवरले भन्नुभयो ओभर ट्याङ्की सहितको बोरिङ्गले सबैलाई सिचाई गर्न…
पुरा पढ्नुहाेस्
राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित  भएको हो । शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा  नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
पुरा पढ्नुहाेस्
मोहन्याल-६ मा तिन दिने बालभित्ते पत्रीका लेखन तथा शसक्तिकरन तालिम सम्पन्न

मोहन्याल-६ मा तिन दिने बालभित्ते पत्रीका लेखन तथा शसक्तिकरन तालिम सम्पन्न

कैलाली ।  कैलालीको मोहन्याल गाउँपालिकामा ३ दिने बाल भिते पत्रीका लेखन तथा सशक्तीकरण तालिम सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ६ को आयोजनामा भएको उक्त तालीम सोमबार सम्पन्न भएको हो । वडा नम्बर ६ ले बालबालिका हरुमा बिद्यालयको शिक्षा सँगै बाहिर वातावरण देशको पछिल्लो अवस्था वारे जानकारी लिन सफल होस भन्दै उक्त तालिमको आयोजना गरेको बताए । तालिममा वडाका ३ बिद्यालयका करिब २५ जना विद्यार्थी हरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको कोसेली मिडिया प्रा,लि ले गरेको थियो ।
पुरा पढ्नुहाेस्