बर्दगोरियामा रहेको एन बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्दै

बर्दगोरोया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा रहेको नवलपुर बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्ने प्रक्रियाको सुरुवात गरेको छ ।

नवलपुर बालबाटिकाले नयाँ अभ्यास स्वरुप बिधालयमा निर्वाचन मार्फत बिधालय क्याप्टेन,उप-क्याप्टेन र कक्षा क्याप्टेन र उप- क्याप्टेनको चयन गर्न खोजेको हो । विद्यार्थीको मताधिकारको प्रयोग र आगामी दिनमा हुने विभिन्न निर्वाचनमा मतदान गर्न सजिलो होस भन्ने उद्देश्यले निर्वाचन प्रक्रिया गरेको बिधालयका संस्थापक प्रमोद मल्लले बताउनु भयो ।

बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरगत मतदाता शिक्षा बारेमा प्रयोगात्मक अभ्यास गर्दै निर्वाचन प्रक्रिया बाटै क्याप्टेन र उप- क्याप्टेन चयन गर्न लागेको हो । साथै बालबाटिका बिद्या मन्दिरले प्रत्येक शुक्रबार नर्सरी देखि कक्षा १ सम्म झोला नल्याउने अभियानको समेत सुरुवात गरेको छ ।

बिधालयका प्रिन्सिपल हर्क ओडले बिधालयमा क्याप्टेनको निर्वाचन गराउदा नयाँ अभ्यास संगै कसैलाई टीका लगाएर आफुखुशी बनाउने कुराको अन्त्य समेत भएको बताउनु भयो ।

साथै हर्क ओडले सानै उमेर देखि निर्वाचनको अभ्यास गराउदा अन्य संघीय, प्रदेश र स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गर्दा राम्रो मान्छेलाई छान्न र मत सदर गराउन सहज हुने बताउनु भयो ।

सोही निर्वाचनलाई अनुगमन गर्न पुग्नुभएका बर्दगोरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले नवलपुर बालबाटिकाले रम्म्रो कामको सुरुवात गरेको बताउनु भयो ।

 

साथै उपाध्यक्ष गणेश राज गिरिले सानै उमेर देखि विद्यार्थीहरुलाई यसरी निर्वाचनमा सहभागी गराउदा उनिहरुले आफुले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने बताए ।

बिधालयले विद्यार्थीको पढाई संगै अतिरिक्त क्रियाकलाप समेत गर्दै आएको छ । बिधालयले यश क्षेत्रमा रहेका खेलाडीको पहिचान गराउन सुदृरपस्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता समेत आयोजना गरि सकेको छ ।

बिधालय क्याप्टेनमा रोशन साउद र इमरान खान बिच निर्बाचन हुदा उप क्याप्टेनमा तनिशा हमाल र बिस्ना जैशी बिच निर्बाचन भएको हो । निर्वाचनमा कक्षा २ देखि १० सम्मका जम्मा ३ सय २५ जना मध्य ३ सय ४ जनाले मतदान गरेका थिए । यसै गरि बिधालय क्याप्टेन र उप-क्याप्टेनलाई बिद्यालयमा कार्यरत २१ जना शिक्षकले समेत मतदान गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार