बर्दगोरिया-६ मा २ करोडको लागतमा सिचाई योजना बन्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ६ मा सिचाई योजनाको शिलान्यास गरिएको छ ।

बुधबार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,उपाध्यक्ष गणेश राज गिरि ,वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।

महाकाली सिचाई योजनाबाट बिनियोजित करिब २ करोड लागतमा सो सिचाइ योजना बन्ने छ । सो बोरिङ बनेपछी त्यस क्षेत्रका जनतालाई सिचाई गर्न सहज हुने छ ।

शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बन्ने उक्ता बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष कुँवरले भन्नुभयो ओभर ट्याङ्की सहितको बोरिङ्गले सबैलाई सिचाई गर्न पुग्छ।

पालिका उपाध्यक्ष गणेश राज गिरिले भन्नुभयो सो ठाउँमा बन्ने ओभर ट्याङ्कले त्यस क्षेत्रका किसानलाई सिचाई गर्न पुग्छ । सिचाई पुग्दा त्यस क्षेत्रका जनतालाई आम्दानी र उत्पादन बढाउन सहज हुने पालिका उपाध्यक्ष गिरिले बताउनु भयो ।

वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुले सिचाई योजनाले यश क्षेत्रका किसानलाई सहज हुने बताउनु भयो । सिचाई योजनाका लागि वडा अध्यक्ष डगौरा थारुले आफ्नै जग्गा समेत दिएका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार