मोहन्याल-६ मा तिन दिने बालभित्ते पत्रीका लेखन तथा शसक्तिकरन तालिम सम्पन्न

कैलाली ।  कैलालीको मोहन्याल गाउँपालिकामा ३ दिने बाल भिते पत्रीका लेखन तथा सशक्तीकरण तालिम सम्पन्न भएको छ ।

पालिकाको वडा नम्बर ६ को आयोजनामा भएको उक्त तालीम सोमबार सम्पन्न भएको हो ।

वडा नम्बर ६ ले बालबालिका हरुमा बिद्यालयको शिक्षा सँगै बाहिर वातावरण देशको पछिल्लो अवस्था वारे जानकारी लिन सफल होस भन्दै उक्त तालिमको आयोजना गरेको बताए ।

तालिममा वडाका ३ बिद्यालयका करिब २५ जना विद्यार्थी हरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको कोसेली मिडिया प्रा,लि ले गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार