दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा घाइते भएका ठगुन्नाको उपचारका क्रममा मृत्यु

कैलाली । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीया अमरसिंह ठगुन्ना रहेका छन ।

बुधवार बिहान चिया पकाउने क्रममा ग्यास लिक हुँदा उनी जलेर घाइते भएका थिए। घाइते भएका उनलाई उपचारका लागि स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो।

गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनीएपनी नेपालगंज लगिएको थियो। उनको नेपालगंजमा उपचारकाक्रममा मृत्यु भएको हो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार