बर्दगोरिया-२ मा जग्गा नाप नक्साको कार्य सुरु

बर्दगोरिया । बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा जग्गाको नाप नक्साको काम सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै पालिका उपाध्यक्ष गणेश राज गिरि र वडा अध्यक्ष गोबिन्द बि क ले सुरुवात भएको बताएका हुन ।

भुमिहुन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्ने कार्य अनुरुप जग्गा नाप नक्साको काम सुरु भएको हो ।

जग्गा नाप नक्साको काम १ र ३ वडामा केही स्थानमा पोईन्ट र बिबादका कारण रोकिए पनि अन्य क्षेत्रमा भने जग्गाको नाप नक्साको कार्य सम्पन्न भएको छ ।

शुक्रबार वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए ।

पालिकाले जति सक्दो चाडो जग्गा नाप नक्साको काम सक्छ, सोही अनुसार लालपुर्जा बितरण गर्ने पालिका उपाध्यक्ष गणेश राज गिरिले बताए । आफुले चुनाताका बेला बोलेका कुरालाई बिस्तारै पूरा गर्दै अगाडि बढेको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य कलावती रेग्मी, शान्ति सामुदायिक बनका अध्यक्ष नवीन जोशी, समाजसेवी खेमराज बम लगाएतकाले जग्गा नाप नक्साको काम सुरु हुदा खुशी लागेको बताउदै सबैलाई जग्गा धनी बनाउने कार्य अगाडी बढाएकोमा गाउपालिकालाई धन्यवाद व्यक्त गरेका छन ।

कार्यक्रमको समापन गर्दै वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क ले जग्गा नाप नक्सा गर्ने कर्मचारीहरुलाई सबैले सहयिग गरेर चाडोभन्दा चाडो सक्न तर्फ सहयोग गर्नु पर्ने बताए । उनले भने स साना कुरामा बिबाद नगरी जग्गा नाप नक्सा गर्ने कार्यमा सहज बाताबरण बनाउन सबैलाई आग्रह गर्दछु ।

वडा सदस्य अतवारी डगौरा थारुले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव लक्ष्मण बोहराले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार