अनुमति पाएको बर्दगोरिया बहुमुखी क्याम्पसको डिन कार्यालयको टोलिद्वरा स्थलगत अवलोकन

बर्दगोरिया । कैलालीको बर्दगोरियामा संचालन हुन लागेको बर्दगोरिया बहुमुखी क्याम्पसको डिन कार्यालय काठमाडौको टोलिले फिजिबिलिटी अध्ययन अवलोकन गरेको छ ।

बुधबार बौनियामा आयोजित क्याम्पस संचालनका लागी पालिका संगको अन्तरक्रियामा डिन कार्यालय ब्यवस्थापन संकायका मदन पोख्रेल र मदन कडेलले क्याम्पस संचालनको स्रोत र व्यवस्थापनका बारेमा चासो राखेका छन ।

हामिले बर्दगोरियामा क्याम्पस संचालन गर्न अनुमती दिन्छौ तर क्याम्पसको दीर्घकालीन आर्थिक स्रोतको बारेमा जानकारी दिन आवस्यक रहेको मदन कडेलले बताए । उनले भने अहिले क्याम्पस संचालन गर्न तपाईहरु तयार भए पनि दीर्घकालीन आर्थिक स्रोतका बारेमा ठोस निर्णय लिन आवश्यक छ ।

यसै गरि डिन कार्यालय ब्यवस्थापन संकायका मदन पोख्रेलले त्रिभुवन विस्वविद्यालयबाट बाट ब्यवस्थापन संकाय स्वीकृति पाएको बर्दगोरिया बहुमुखी क्याम्पस संचालन गर्न पुग्ने आवश्यक स्रोत छ या छैन भन्ने बिषयमा स्थलगत अवलोकन गर्न आएको बताए ।

पोख्रेलका अनुसार बिद्यार्थीको अनुपात ,स्थानीय साधन स्रोत , र उच्च माध्यामिक बिधालयको अवस्थाको बारेमा बुझेर आफुहरुले ब्यवस्थापन संकाय मात्र नभएर अन्य संकाय स्वीकृति दिन बिस्वविद्यालयलाई आग्रह गर्न सकिने समेत बताए ।

स्थानिय सरकार,सामुदायिक संघ संस्था र अन्य राजनीति दल संग साझेदार गरेर अगाडि बढ्न उनले सल्लाह समेत दिए ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरिया बहुमुखी क्याम्पस संचालन गर्न स्थानीय सरकार तयार रहेको बताए । उनले भने बिद्यार्थीको चाप र अन्यपालिका जानुपर्ने समस्यालाई मध्य नजर गर्दै पालिकाले अन्य बिकास निर्माणलाई घटाएर पनि क्याम्पस संचालनमा पुर्ण रुपमा तयार रहेको बताए ।

पालिका अध्यक्ष कुँवरले भने बहुमुखी क्याम्पस संचालन गर्न पालिकाभित्र रहेका सामुदायिक बनले समेत रकम उपलब्ध गराउने हुदा यहाँ आर्थिक स्रोत अभाव हुदैन ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्किले जनप्रतिनिधिहरुको टोलिले बर्दगोरियमा क्याम्पस ल्याउन सुरु देखिनै विभिन्न पहल गरेको बताउदै अहिले सफल भएकोमा सबै खुशी भएको बताए ।

कार्यक्रममा बोल्दै सामाजिक बिकास समिती संयोजक,वडा नम्बर १ का अध्यक्ष तथा प्रबक्ता मिथुन गौतमले स्थानिय सरकार क्याम्पस संचालनमा लगानी लगाउन तयार रहेको बताए । आफूले सामाजिक बिकास समितिको जिम्मेवार पाएका कारण पनि शिक्षा क्षेत्रमा कसरी फडको मार्न सकिन्छ भन्ने उद्देश्य अनुरुप बर्दगोरियामा क्याम्पस आवश्यक रहेको र आफू पुर्ण रुपमा लागि परेको बताए ।

स्थानिय डा.राम बहादुर चौधरिले पालिकमा ५/६ ह्जार जनजाति ,आदिबाशिहरुका छोराछोरी भएका कारण उनिहरु पनि शिक्षा बाट बन्चित नहुन भन्ने उद्देश्यले बर्दगोरियामा बहुमुखी क्याम्पस संचालन हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष अमर बमले बर्दगोरियामा बहुमुखी क्याम्पस संचालन गर्न आफू र सम्पुर्ण व्यवशायीहरु तयार रहेक बताए ।

साथै डिन कार्यालयको टोलिले बहुमुखी क्याम्पस संचालन पश्चात् निर्माण हुने भौतिक संरचनाका लागि जग्गाको पनि अवलोकन गरेका छन । स्थानिय वडा नम्बर २ स्थित १ बिघा र राजकुला सामुदायिक बनको जग्गाको समेत अवलोकन गरेका हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार