प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सीता दाहालको आजै बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो ।

अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार