गाउँपालिका अध्यक्षद्वारा बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा अवस्थित बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन गरिएको छ ।

सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरि पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले नव निर्मित भक्तजन बस्ने धर्मशालाको उद्घाटन गर्नुभएको हो ।

बर्दगोरिया धार्मिक क्षेत्रको दर्शन गर्न आउने भक्तजनहरुलाई आराम गर्न सहज होस भन्ने उद्देश्यले पालिकाले ९ लाख रुपैया   बिनियोजित गरेको अध्यक्ष कर्ण बहादुर कुँवरले बताउनु भयो ।

उक्त धर्मशाला बनेपछी बर्दगोरियालाई चिनाउन टाढा बाट आउने भक्तजन संगै बर्दगोरियाका भक्तजन र भगतहरुलाई आराम गर्न सहज हुने छ ।

धर्मशाला उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क ,कार्यपालिका सदस्य कलावती ढुङ्गाना, वडा सदस्य अतवारी चौधरी र धौली देवि बि क लगाएत स्थानिय  समाजसेवी र भक्तजनहरुको सहभागिता रहेको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार