जन जागृती मा.बि चौरीको बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा रन सिङ बि.क चयन

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा न ५ मा रहेको श्री जन जागृती मा.बि चौरीको बिद्यालय ब्यवस्थापन समितीले पुर्णता पाएको छ । रन सिङ बि.क को अध्यक्षतामा नयाँ बिद्यालय ब्यवस्थापन समिती सर्वसम्मतले चयन गरे संगै विद्यालय व्यवस्थापन समितिले पुर्णता पाएको हो ।

विविध कारणबस केही महिना देखि पुर्ण हुन नसकेको ब्यवस्थापन समितिले पुर्णता पाए संगै अध्यक्षमा रन सिङ बि.क सदस्यहरुमा कमाने कामी , धिर्जा बटाला ,लक्ष्मी बोहरा भागिराम चौधरी बिन्द्रा बडुवाल र सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक नयाँराम बि.क सर्वसम्मतले चयन भएका छन ।

बिगत लामो समय देखि शैक्षिक इतिहास बोकेको बिद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न र देखिएका विविध समस्याको समाधान गर्ने नव निर्वाचित अध्यक्ष रन सिङ बि.क ले प्रतिबद्धता ब्यक्त गरेका छन ।

कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा साथै प्राविधिक धारका विषयहरु पपठनपाठन हुँदै आएका छन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार