ब्रेकिङ न्युज

Featured posts

सांस्कृतिक भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह भरतपुर

सांस्कृतिक भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह भरतपुर

भक्तपुर । सांस्कृतिक भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई चितवनको भरतपुरमा पुगेका छन । सांस्कृतिक भ्रमणका सिलसिलामा उनि आज भक्तपुर पुगेका हुन । उनको स्वागतमा स्थानीय जनताको ठूलै भिड जम्मा भएको थियो । भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए । उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका छन् । धेरैले जातीय पहिरन लगाएका छन् । स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलो छ । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई सकस परेको थियो । स्थानीय जनताले राजसंस्थाको पक्षमा नाराबाजी गरिरहेका थिए । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा…
पुरा पढ्नुहाेस्
राहत शिक्षकको आन्दोलन आज पनि जारी

राहत शिक्षकको आन्दोलन आज पनि जारी

काठमाडौं । सरकारसँग भएको सहमितमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज पनि आन्दोलन जारी राख्ने भएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनका लागि देशभरबाट आएका राहत शिक्षकले सरकारसँग भएको सहमितमा आफूहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राखेका हुन्। उनीहरूले आन्दोलनलाई आजदेखि थप सशक्त बनाउने बताएका छन्। राहत शिक्षकले शनिबार पनि विरोध प्रदर्शन गरेका थिए। असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको राहत शिक्षकको भनाइ छ। त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दा सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ।
पुरा पढ्नुहाेस्
गाउँपालिका अध्यक्ष कुँवरद्वारा ईप्रका बौनियाँमा कार्यरत प्रहरी निरीक्षक शाहीको बिदाई, आचार्यको स्वागत

गाउँपालिका अध्यक्ष कुँवरद्वारा ईप्रका बौनियाँमा कार्यरत प्रहरी निरीक्षक शाहीको बिदाई, आचार्यको स्वागत

बर्दगोरिया । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँमा कार्यरत प्रहरी निरीक्षक महेश विक्रम शाहीको बिदाई एवं नव आगन्तुक प्रहरी निरीक्षक लिलाराम आचार्यलाई स्वागत गरिएको छ । आइतबार बर्दगोरिया गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले प्रहरी निरीक्षक शाहीको बिदाई तथा सरुवा भएर बौनियामा आएका प्रहरी निरीक्षक आचार्यलाई खादा,मालाले स्वागत गरेका हुन । सो क्रममा पालिका अध्यक्ष कुवरले बर्दगोरियामा रहदा प्रहरी निरीक्षक शाहीले यहाँको शान्ती सुरक्षा, अपराध नियन्त्रण तथा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रसङ्सा गरे । यसैगरी उनले इप्रका बौनियाको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक आचार्यलाई बर्दगोरियाको समग्र विकास निर्माण ,यहाँको शान्ति सुरक्षा ,अपराध तथा लागू औषध दुर्व्यशनी…
पुरा पढ्नुहाेस्
नेपाल बाल विकास शिक्षक संघर्ष समितिले बुझायो बर्दगोरिया गाउँपालिकालाई २ बुदे ज्ञापनपत्र

नेपाल बाल विकास शिक्षक संघर्ष समितिले बुझायो बर्दगोरिया गाउँपालिकालाई २ बुदे ज्ञापनपत्र

बर्दगोरिया । नेपाल बालविकास शिक्षक संघर्ष समितिले बर्दगोरिया गाउँपालिकामा २ बुदे ज्ञापनपत्र बुझाएको छ । बुधबार आज संघर्ष समितिको अध्यक्ष लक्ष्मी बिनाडी सहितको टोलीले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको कार्यकक्षमा पुगि २ ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष कुँवरले गाउँ सरकारले अहिले विशेष गरि शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिएको बताए । सोही अनुसार बाल बिकास शिक्षक संघर्ष समितिको मागलाई पनि आफुले गम्भीर भएर लिएको बताए । उनले भने- "अहिले यो शैक्षिकसत्रमा पालिकाले कक्षा १० सम्म नि:शुल्क शिक्षा प्रदान गराएको छ । आउँदो नयाँ शैक्षिकसत्रदेखि कक्षा १२ सम्म पालिकाले नि:शुल्क अध्यापनको व्यवस्थापन गर्ने लक्ष लिएको छ ।…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु

बर्दगोरियामा ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका कृषि विकास शाखाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमको ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु गरेको छ । कृषि विकास शाखाको गत साउन २४ गते प्रकाशित सुचना बमोजिम आवेदन दिएका बर्दगोरियाका कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी तथा कृषि उद्यमीहरुलाई व्यवसायिक खेती गर्नको लागि तरकारीको बीउ वितरण कार्यक्रम सुरु गरेको कृषि विकास शाखा बर्दगोरिया ६ अन्तर्गतकी इकाई प्रमुख आशिका कठरियाले बताउनु भयो । शाखाले सुचना प्रकासित गर्दै भदौ ११ गते देखि कार्यालयको कृषि विकास शाखा र पालिकाको वार्ड नम्बर -६ अन्तर्गत रहेको कृषि इकाई बाट यो सुविधा लिन सकिने जनाइएको…
पुरा पढ्नुहाेस्
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीलाई बर्दगोरिया स्वागत

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीलाई बर्दगोरिया स्वागत

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई बर्दगोरिया गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको छ । मंगलबार पालिकामा पुगेका मन्त्री चौधरीलाई यहाँका जनप्रतिनिधिले स्वागत गरेका हुन । मन्त्री बनिसकेको लामो समयपछि पालिकामा पुगेका चौधरीलाई बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,निवर्तमान गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले टीका र खादा लगाएर स्वागत गरेका छ्न । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी तथा पालिकाका विभिन्न…
पुरा पढ्नुहाेस्
बर्दगोरियाका एक पुरुष भारतको गुजरातबाट बेपत्ता

बर्दगोरियाका एक पुरुष भारतको गुजरातबाट बेपत्ता

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ सुन्दरपुर निवासी ४० वर्षीया दान बहादुर कठरिया भारतको गुजारा बाट बेपत्ता भएका छन । रोजगारको सिलसिला श्रावण १८ गते भारत गएका उनी २३ गते भारतकै गुजरात बाट बेपत्ता भएका हुन । उनी सँगै रोजगारीको सिलसिलामा रहेका घोडाघोडी नगरपालिका गणेशपुर निवासी बुधराम चौधरीका अनुसार उनी राति एकासी आफै रुमबाट बेपत्ता भएको बताए । उनके भने, " हामीहरु राति सँगै सुतेको थियौ, तर जब आफु उठे तब उनी त्यहा थिएन्न । त्यसपछि उनी आफ्नो सम्पर्कमा छैनन् । बेपत्ता भएका उनको परिवारजन तथा आफन्तले खोजी कार्य जारी गरेको बौनिया बजारका व्यापारी मधुकर सिजापतिले नौलो प्रेस…
पुरा पढ्नुहाेस्
टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण

टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण

कैलाली । कैलालीको टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण गरेका छन्। बिहिवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउदको शालिक अनावरण गरेका हुन । घटना भएको आठ वर्ष पुगेको दिनमा बिहीबार टीकापुरमा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, टेकका बाजे जंग साउद, बुबा नेत्र साउद लगायत परिवारजनले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन्। पूर्व कैलाली क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीकै पहलमा शालिक निर्माण गरिएको हो। २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी सहित…
पुरा पढ्नुहाेस्
कैलालीमा विङ्गर दुर्घटना, ३ जना घाइते

कैलालीमा विङ्गर दुर्घटना, ३ जना घाइते

कैलाली । कैलाली सवारीमा दुर्घटना ३ जना घाइते भएका छन । जिल्लाको धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा विङ्गर पल्टिएर दुर्घटना हुँदा ३ जना घाईते भएका हुन् । ६ लेनको सडकखण्ड अन्तरगत गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको से.१ ज १०८४ नम्बरको विङ्गर अनियन्त्रीत भइ दुर्घटना हुन पुगेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाईते हुनेमा गौरीगंगा नगरपालिका–१ का ४५ वर्षीय मोतिलाल चौधरी, सोही स्थानका ५५ वर्षीय विष्णु चौधरी र गोदावरी नगरपालिका–१ का २१ वर्षीय रमेश कामी रहेका छन् । उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनैजना को अवस्था सामान्य रहेको प्रहरीले जनाएको…
पुरा पढ्नुहाेस्
गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले दियो दुई दिन सार्वजनिक विदा

गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले दियो दुई दिन सार्वजनिक विदा

कैलाली । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा भोली र पर्सि भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । ति दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ । यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान…
पुरा पढ्नुहाेस्