नेपाल बाल विकास शिक्षक संघर्ष समितिले बुझायो बर्दगोरिया गाउँपालिकालाई २ बुदे ज्ञापनपत्र

बर्दगोरिया । नेपाल बालविकास शिक्षक संघर्ष समितिले बर्दगोरिया गाउँपालिकामा २ बुदे ज्ञापनपत्र बुझाएको छ ।

बुधबार आज संघर्ष समितिको अध्यक्ष लक्ष्मी बिनाडी सहितको टोलीले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको कार्यकक्षमा पुगि २ ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष कुँवरले गाउँ सरकारले अहिले विशेष गरि शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिएको बताए । सोही अनुसार बाल बिकास शिक्षक संघर्ष समितिको मागलाई पनि आफुले गम्भीर भएर लिएको बताए । उनले भने- “अहिले यो शैक्षिकसत्रमा पालिकाले कक्षा १० सम्म नि:शुल्क शिक्षा प्रदान गराएको छ । आउँदो नयाँ शैक्षिकसत्रदेखि कक्षा १२ सम्म पालिकाले नि:शुल्क अध्यापनको व्यवस्थापन गर्ने लक्ष लिएको छ । जहाँ सम्म कुनै पनि शिक्षक हरुलाई निराश बनाउइ ज्ञापनपत्रको माध्यमबाट आफ्ना मागहरू पालिका सँग माग्न बाध्य गराउने छैनौं । आज तपाईंहरुले जुन आफ्नो ज्ञापनपत्र मार्फत आफ्ना माग तथा समस्याहरु लाई गाउँपालिकामा बुझाउनु भएको छ, यस प्रति गाउँ सरकार धन्यवाद व्यक्ति गर्दछ। जहाँ सम्म कुनै पनि शैक्षिक संस्था लाई विभेद नहुने गरि हामीले सके जति सहयोग गर्दै आएका छौं । सोही अनुसार यहाँ हरुको माग समेत जति सक्दो छिटो समधान गर्ने तर्फ पालिकाको ध्यान केन्द्रिय हुने छ ।”

ज्ञापनपत्र बुझाउदै संघर्ष समितिकी अध्यक्ष लक्ष्मी बिनाडीले भनिन, यस भन्दा अघिल्लो पालिका सरकारले पनि आफुहरुका आवश्यकता र समस्यालाई पहिलो प्राथमिक्ताका साथ कार्यान्वयन गरेको थियो । हालको पालिका सरकारले त झनै शिक्षा क्षेत्र लाई पहिलो प्राथमिकता राखेको हुँदा आफुहरुका माग जतिसक्दो छोटो समाधान हुने कुरामा आफुहरु विस्वस्त रहेको बताईन ।

हाल पालिका भर बालविकासका तर्फ ३९ जना शिक्षिका हरु रहेका छन ।

बालविकास शिक्षक संघर्ष समितिको ज्ञापनपत्रमा समेटिएका मागहरु;

१.बालविकास शिक्षकहरुको सेवा सर्त र सुविधा आधारभूत तहा (प्रा.वि) सरह कायम गरियोस,

२. मन्टेश्वरी विधिबाट कक्षा सञ्चालन सम्बन्धि तालिमको व्यवस्था गरियोस् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार