बर्दगोरियामा ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका कृषि विकास शाखाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमको ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु गरेको छ ।

कृषि विकास शाखाको गत साउन २४ गते प्रकाशित सुचना बमोजिम आवेदन दिएका बर्दगोरियाका कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी तथा कृषि उद्यमीहरुलाई व्यवसायिक खेती गर्नको लागि तरकारीको बीउ वितरण कार्यक्रम सुरु गरेको कृषि विकास शाखा बर्दगोरिया ६ अन्तर्गतकी इकाई प्रमुख आशिका कठरियाले बताउनु भयो ।

शाखाले सुचना प्रकासित गर्दै भदौ ११ गते देखि कार्यालयको कृषि विकास शाखा र पालिकाको वार्ड नम्बर -६ अन्तर्गत रहेको कृषि इकाई बाट यो सुविधा लिन सकिने जनाइएको छ ।

जस अन्तर्गत आज कृषि इकाई बाट विभिन्न ४ जातका उन्नत जातको तरकारीको बीउ वितरण गरिएको इकाई प्रमुख कठरियाले बताउनु भयो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार