भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीलाई बर्दगोरिया स्वागत

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई बर्दगोरिया गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको छ । मंगलबार पालिकामा पुगेका मन्त्री चौधरीलाई यहाँका जनप्रतिनिधिले स्वागत गरेका हुन ।

मन्त्री बनिसकेको लामो समयपछि पालिकामा पुगेका चौधरीलाई बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,निवर्तमान गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले टीका र खादा लगाएर स्वागत गरेका छ्न ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी तथा पालिकाका विभिन्न विषयगत शाखा प्रमुखलगाएतको उपस्थिति रहेको थियो ।

मन्त्री चौधरीलाई स्वागत गर्दै यहाँका जनप्रतिनिधिले बर्दगोरियाको समग्र विकास र समृद्धिलाई उच्च प्राथमिकता दिन आग्रह गरेका थिए । सो क्रममा मन्त्री चौधरीले आफू यहीको स्थानीय पनि भएको हुँदा यसप्रति आफू बढी जिम्मेवार रहेको बताए ।

यसैगरी मन्त्री चौधरीले पालिकामा कोल्ड स्टोर निर्माण र गौशालाको व्यवस्थापनका लागि आफ्नो तर्फबाट हुन सक्ने सम्पुर्ण सहयोग गर्ने बताए ।

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार