सांस्कृतिक भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह भरतपुर

भक्तपुर । सांस्कृतिक भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई चितवनको भरतपुरमा पुगेका छन । सांस्कृतिक भ्रमणका सिलसिलामा उनि आज भक्तपुर पुगेका हुन ।

उनको स्वागतमा स्थानीय जनताको ठूलै भिड जम्मा भएको थियो । भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए । उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका छन् । धेरैले जातीय पहिरन लगाएका छन् । स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलो छ । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई सकस परेको थियो ।

स्थानीय जनताले राजसंस्थाको पक्षमा नाराबाजी गरिरहेका थिए । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए ।

पूर्वराजाले दरबार स्क्वायर अवलोकन र तलेजु भवानी मन्दिरको दर्शन गर्नेछन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार