राहत शिक्षकको आन्दोलन आज पनि जारी

काठमाडौं । सरकारसँग भएको सहमितमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज पनि आन्दोलन जारी राख्ने भएका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनका लागि देशभरबाट आएका राहत शिक्षकले सरकारसँग भएको सहमितमा आफूहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राखेका हुन्।

उनीहरूले आन्दोलनलाई आजदेखि थप सशक्त बनाउने बताएका छन्। राहत शिक्षकले शनिबार पनि विरोध प्रदर्शन गरेका थिए।

असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको राहत शिक्षकको भनाइ छ। त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दा सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार