गाउँपालिका अध्यक्ष कुँवरद्वारा ईप्रका बौनियाँमा कार्यरत प्रहरी निरीक्षक शाहीको बिदाई, आचार्यको स्वागत

बर्दगोरिया । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँमा कार्यरत प्रहरी निरीक्षक महेश विक्रम शाहीको बिदाई एवं नव आगन्तुक प्रहरी निरीक्षक लिलाराम आचार्यलाई स्वागत गरिएको छ ।

आइतबार बर्दगोरिया गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले प्रहरी निरीक्षक शाहीको बिदाई तथा सरुवा भएर बौनियामा आएका प्रहरी निरीक्षक आचार्यलाई खादा,मालाले स्वागत गरेका हुन ।

सो क्रममा पालिका अध्यक्ष कुवरले बर्दगोरियामा रहदा प्रहरी निरीक्षक शाहीले यहाँको शान्ती सुरक्षा, अपराध नियन्त्रण तथा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रसङ्सा गरे । यसैगरी उनले इप्रका बौनियाको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक आचार्यलाई बर्दगोरियाको समग्र विकास निर्माण ,यहाँको शान्ति सुरक्षा ,अपराध तथा लागू औषध दुर्व्यशनी न्यूनीकरणका सवालमा बढी केन्द्रित भएर कामकारबाही थाल्न निर्देशन दिए ।

पालिका अध्यक्ष कुवरले बौनियामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक पर्ने कुराहरूमा स्थानीय सरकारले गर्नसक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पछिल्लो समय समाजमा युवाहरु लागूपदार्थ सेवनको लतमा फस्दै गएको घटनाहरु बढ्दै गएको भन्दै यसप्रति बढी केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की,वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले दुबैजना प्रहरी निरीक्षकको भावी कार्यको सफलताको लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सरुवा भयर जान लागेका प्रहरी निरीक्षक शहीलेईलाका प्रहरी कार्यालय सडकपुर बौनियामा कार्यालय प्रमुखको रुपमा कार्यरत रहँदा संगठनले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न मार्गनिर्देशन,साथ सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार