ब्रेकिङ न्युज

Featured posts

प्रधानमन्त्री प्रचण्ड आज बझाङ आउदै 

प्रधानमन्त्री प्रचण्ड आज बझाङ आउदै 

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भूकम्प क्षतिबारे स्थलगत निरीक्षणमा गर्न आज बझाङ आउने भएका छन । प्रधानमन्त्री प्रचण्ड १८ जनाको टोली सहित शुक्रबार आज बिहान साढे १० बजे बझाङ आउन लागेका हुन । प्रधानमन्त्री प्रचण्कडको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् । प्रधानमन्त्री प्रचण्डले बिहीवार नै बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका थिए । उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई उनको निर्देशन थियो । मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो: ग्यासको मुल्य हाल सम्मकै उच्च

पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो: ग्यासको मुल्य हाल सम्मकै उच्च

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (भोलि) बिहान १ बजदेखि लागु हुने गरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ । यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । जस अनुसार खाना पकाउने ग्यासको मुल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनौट प्रक्रिया अघि बढाएको छ । गाउँ सरकारले १७ वटा सामुदायिक विद्यालयको प्र.अ. पदका लागी भदौ १९ गते सूचना आह्वान गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरू मध्ये ९ जनालाई छनौट समितिले छनौट गरेको छ । पालिकाभरिका विद्यालयमा हाल सम्म निमित्त प्रधानाध्यापकलाई कामकाज गर्ने गरी जिम्मा दिइएको थियो । तर अब भने बर्दगोरिया गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ तथा नियमावली २०८० को परिच्छेद ८ नियम २८ बमोजिम खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छनौट थालिएको गाउँ सरकारका प्रवक्ता मिथुन गौतमले जानकारी दिए । छनौट भएका प्रधानाध्यापकहरूलाई बुधवार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा समेत खाइसकेको छ…
पुरा पढ्नुहाेस्
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा प्रस्थान गर्दै

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा प्रस्थान गर्दै

१०, असोज । गत शनिबार देखि चीन भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । नले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय…
पुरा पढ्नुहाेस्
आज विश्व पर्यटन दिवस; विविध कार्यक्रम मनाइँदै

आज विश्व पर्यटन दिवस; विविध कार्यक्रम मनाइँदै

काठमाडौं । आज विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।…
पुरा पढ्नुहाेस्
दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, कहिलेदेखि हुन्छ वितरण ?

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, कहिलेदेखि हुन्छ वितरण ?

काठमाडौं । नेपाली हरुको महान चाड दशैं-तिहार लाई लक्ष्यित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । उक्त नयाँ नोट घटस्थापना आसपासदेखि वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा आगलागी, २ लाख बढीको क्षति

बर्दगोरिया-४ मा आगलागी, २ लाख बढीको क्षति

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा खाना पकाउने क्रममा एक घरमा आगलागी भएको छ । पालिकाको वडा नम्बर ४ छतिवना टोल निवासी स्थानीय रामबहादुर भुलको घरमा सोमबार आज आझा साझ करिब ७ बजेको समयमा खाना पकाउने क्रममा एक्कासि आगलागी भएको हो । आगलागी बाट करिब २ लाख १० हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । प्रहरीका अनुसार उक्त आगलागी बाट भुलको खरले छायको ४ कोठे १ तले घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी बाट घरमा रहेका लुगाकपडा, खाद्यान्न पुर्ण रुपमा नष्ट भएको बताइएको छ । यस्तै घर पुर्ण रुपमा जलेर नष्ट भएको भएपनि मानवीय…
पुरा पढ्नुहाेस्
आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभएपनि हुने

आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभएपनि हुने

काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले अब आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभएपनि हुने फैसाला गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनबाट दायर भएको रिटमा गत साउन २३ गते सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र नहकूल सुवेदीको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो । उक्त परमादेशको पूर्णपाठ भखर्रै सार्वजनिक गरिएको छ । आमाको नागरिकता भएको अवस्थामा उनका सन्तानले पनि वंशजकै नागरिक हुने र आमाको स्थायी ठेगाना नै सन्तानका लागि स्थायी ठेगाना हुने परामादेश जारी गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छः अतः निवेदक कृष्टिना महर्जनको आमा बिन्दिया महर्जनले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त…
पुरा पढ्नुहाेस्
सुत्केरी हुन गएकी एक महिलाको धनगढीमा रहेको केजी हस्पिटलले झिक्यो पाठेघर

सुत्केरी हुन गएकी एक महिलाको धनगढीमा रहेको केजी हस्पिटलले झिक्यो पाठेघर

धनगढीः  कैलालीको धनगढी स्थित केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो। महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले बताए। पाठेघर झिक्नुपर्ने भनेपछि आमाको ज्यान बचाउन सहमति दिएको मोतिरहमानले बताए। बच्चा जन्मेको पाँच घण्टासम्म श्रीमतीको अबस्था नबताएकाले सुरुमा डाक्टरसँग विवाद भए पनि पछि पाठेघर झिक्न सहमति दिएको बताए।…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा दुई समुह बिच झडप, तिन जना घाइते

बर्दगोरियामा दुई समुह बिच झडप, तिन जना घाइते

बर्दगोरिया । कैलालीको बर्दगोरियामा गाउँपालिका वडा नम्बर -५ मा गए राती दुई समुह बिच झडप भएको छ । वडा नम्बर -५ को कोईलीभुरूवामा गएराती करिब १० बजेको समयमा २ समुह बीच एकआपसमा विवाद भई कुटपिट हुँदा ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । घाइते हुनेहरुमा बर्दगोरिया -५ कोइलीभुरुवाका २२ वर्षीय पारस कठरिया सोही ठाउँका २३ वर्षीय उपेन्द्र डगौरा र बर्दगोरिया -६ का १८ वर्षीय देबु कठरिया रहेको जनाइएको छ । घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका पारस कठरिया र उपेन्द्र डगौराको धनगढी स्थित माया मेट्रो हस्पिटल प्रा लि उपचार भइरहेको छ । यस्तै बर्दगोरिया -६ का…
पुरा पढ्नुहाेस्