टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण

कैलाली । कैलालीको टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण गरेका छन्।

बिहिवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउदको शालिक अनावरण गरेका हुन ।

घटना भएको आठ वर्ष पुगेको दिनमा बिहीबार टीकापुरमा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, टेकका बाजे जंग साउद, बुबा नेत्र साउद लगायत परिवारजनले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन्।
पूर्व कैलाली क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीकै पहलमा शालिक निर्माण गरिएको हो। २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी सहित एक नाबालक को ज्यान गएको थियो।

तीनै तहका अदालतले टीकापुर घटनामा चौधरीलाई दोषी ठहर गरे पनि राष्ट्रपतिबाट उनी गणतन्त्र दिवसका दिन कैद मिनाहा भएपछि रिहा भएका थिए। टीकापुरमा शान्ति र सद्‌भाव कायम राख्न आफूले पहल थालेको चौधरीले बताए।

शालिक अनावरण गर्दै चौधरीले भने, “टीकापुर घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउद मेरो पनि बच्चा हुन। उनकै सम्झनामा आफूले शालिक बनाउँदै गर्दा धेरैले अवरोध गर्न खोजेको थियो।”

सोही क्रममा उनले भने- “मैले यो शालिक उनको सम्झनामा बनाएको हु । सबै मिलेर यस्को संरक्षण गरिदिनु होला”
उनले टीकापुर घटनालाई दुर्भाग्यपूर्ण घटना भनेर उल्लेख गरे। अधिकार प्राप्तिका लागि भएको अखण्ड र थरुहट आन्दोलनका क्रममा यो घटना भएको उनको भनाइ थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार