ब्रेकिङ न्युज

Featured posts

बर्दगोरियाका एक पुरुष भारतको गुजरातबाट बेपत्ता

बर्दगोरियाका एक पुरुष भारतको गुजरातबाट बेपत्ता

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ सुन्दरपुर निवासी ४० वर्षीया दान बहादुर कठरिया भारतको गुजारा बाट बेपत्ता भएका छन । रोजगारको सिलसिला श्रावण १८ गते भारत गएका उनी २३ गते भारतकै गुजरात बाट बेपत्ता भएका हुन । उनी सँगै रोजगारीको सिलसिलामा रहेका घोडाघोडी नगरपालिका गणेशपुर निवासी बुधराम चौधरीका अनुसार उनी राति एकासी आफै रुमबाट बेपत्ता भएको बताए । उनके भने, " हामीहरु राति सँगै सुतेको थियौ, तर जब आफु उठे तब उनी त्यहा थिएन्न । त्यसपछि उनी आफ्नो सम्पर्कमा छैनन् । बेपत्ता भएका उनको परिवारजन तथा आफन्तले खोजी कार्य जारी गरेको बौनिया बजारका व्यापारी मधुकर सिजापतिले नौलो प्रेस…
पुरा पढ्नुहाेस्
टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण

टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण

कैलाली । कैलालीको टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण गरेका छन्। बिहिवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउदको शालिक अनावरण गरेका हुन । घटना भएको आठ वर्ष पुगेको दिनमा बिहीबार टीकापुरमा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, टेकका बाजे जंग साउद, बुबा नेत्र साउद लगायत परिवारजनले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन्। पूर्व कैलाली क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीकै पहलमा शालिक निर्माण गरिएको हो। २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी सहित…
पुरा पढ्नुहाेस्
कैलालीमा विङ्गर दुर्घटना, ३ जना घाइते

कैलालीमा विङ्गर दुर्घटना, ३ जना घाइते

कैलाली । कैलाली सवारीमा दुर्घटना ३ जना घाइते भएका छन । जिल्लाको धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा विङ्गर पल्टिएर दुर्घटना हुँदा ३ जना घाईते भएका हुन् । ६ लेनको सडकखण्ड अन्तरगत गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको से.१ ज १०८४ नम्बरको विङ्गर अनियन्त्रीत भइ दुर्घटना हुन पुगेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाईते हुनेमा गौरीगंगा नगरपालिका–१ का ४५ वर्षीय मोतिलाल चौधरी, सोही स्थानका ५५ वर्षीय विष्णु चौधरी र गोदावरी नगरपालिका–१ का २१ वर्षीय रमेश कामी रहेका छन् । उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनैजना को अवस्था सामान्य रहेको प्रहरीले जनाएको…
पुरा पढ्नुहाेस्
गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले दियो दुई दिन सार्वजनिक विदा

गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले दियो दुई दिन सार्वजनिक विदा

कैलाली । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा भोली र पर्सि भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । ति दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ । यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान…
पुरा पढ्नुहाेस्
धनगढी बाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

धनगढी बाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

कैलाली । धनगढी बाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा बसमा रहेका २९ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ । बसमा ३५ जना…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृहको उद्घाटन गरिएको छ । आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सो प्रसुती गृहको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले नागरिकका समस्यानै आफ्ना समस्या भयको बताउदै कुनैपनि नागरिकलाई आधारभूत सेवा-सुबिधा र अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।   पालिका अध्यक्ष कुँवरले भन्नुभयो पिछडिएको वडाको रुपमा रहेको ३ नम्बर वडालाई बिकास गर्न आफू निरंतर लागी परेको छु । साथै यश क्षेत्रका जनताले समस्या भोग्न नपरोस् भन्दै चाडै एम्बुलेन्स उपलब्ध गराउने बताउनु भयो । नव निर्मित प्रसुति भवनको उद्घाटन गर्दै अध्यक्ष कुँवरले बर्थिङ…
पुरा पढ्नुहाेस्
भिमदत्त राजमार्ग सञ्चालन गर्न मन्त्री ज्यालाले दिए मातहतका निकायलाई निर्देशन

भिमदत्त राजमार्ग सञ्चालन गर्न मन्त्री ज्यालाले दिए मातहतका निकायलाई निर्देशन

कैलाली । पहिरोले अवरुद्ध हुनपुगेको भिमदत्त राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री ज्वालाले हिजो मात्रै पहिरो प्रभावित भीमदत्त राजमार्गको स्थलगत अनुगमन गर्दै सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण राजमार्ग अवरुद्ध भएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । गत साउन २२ गते राति परेको अविरल वर्षा सङ्गै गएको पहिरोले सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म भीमदत्त राजमार्गमा आवागमन ठप्प भएको थियो । पहिरो पञ्छाई केही समय यातायात आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा समस्या भइरहेको छ । उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ । खण्डमा दुई…
पुरा पढ्नुहाेस्

नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा चक्र शाही

बर्दगोरिया । नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिका अध्यक्ष इन्द्र खतिवडाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा प्रमुख अतिथि नेपाल राहत शिक्षक संगठन कैलाली जिल्ला कार्यसमिति अध्यक्ष सागर जोशी रहेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष जोशीले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै संगठनले राहत शिक्षकको हक हितमा न्याय पुर्ण तरिकाले आफ्नो कार्य गर्दै आएको बताए । बिगत लामो समय देखि राहतमा कार्यरत शिक्षक हरुको हक हितमा सरकारको ध्यानाकर्षण हुने गरि आफुहरुले आफ्ना कार्यक्रमहरु निरन्तर रुपमा गरिएको बताए । यस्तै अधिवेशनले चक्र बहादुर शाहीको अध्यक्षतामा ११…
पुरा पढ्नुहाेस्
समाचारको प्रभाव; महिनौंदेखि विद्युतको तारमाथि ढलेको रुख हटाइयो

समाचारको प्रभाव; महिनौंदेखि विद्युतको तारमाथि ढलेको रुख हटाइयो

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साडेपानी जङ्गलको मुख्य राजमार्गमा धराप बनेर बसेको रुख हटाइएको छ । मुख्य सडकमार्गकै छेउमा रुख ढलेको महिनादिन वितिकस्दा पनि नेपाल विद्युत प्राधिकरण र सामुदायिक वनको बेवास्ताका कारण नागरिकको ज्यान धरापमा परेको,वर्षातको समयमा विधुतको पोल ढ्ल्ने, तार चुडिने र सडकमा आवातजावत गर्नेमाथि दुर्घटनाको जोखिम बढाएको समाचार सुदुरचित्रले प्रकाशित गरेको थियो । बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सगरमाथा सामुदायिक वनले आफ्नो क्षेत्रभित्र पर्ने सो रुख हटाएको हो । यसैगरी सगरमाथा सामुदायिक वनले आफ्नो क्षेत्रभित्र पर्ने वनमा विधुत चुहावट नहोस भन्नका लागि बिधुतको तारसम्म जोडिएका रुखका हागा काटेर व्यवस्थापन…
पुरा पढ्नुहाेस्
देशभर डेङ्गु सङ्क्रमण दर उच्च, १० हजार बढी संक्रमित

देशभर डेङ्गु सङ्क्रमण दर उच्च, १० हजार बढी संक्रमित

काठमाडौं । देशभर डेङ्गु भाइरस सङ्क्रमण बिरामीहरु बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १० हजार ७ सय २६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण देशभरका ७४ जिल्लामा फैलिएको छ भने ७ जनाको मृत्यु भइसकेको छ । लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण दैनिकी बढ्दै बढिरहेको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार यसैगरी डेङ्गु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने उनीहरु बताउँछन् । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा…
पुरा पढ्नुहाेस्