भिमदत्त राजमार्ग सञ्चालन गर्न मन्त्री ज्यालाले दिए मातहतका निकायलाई निर्देशन

कैलाली । पहिरोले अवरुद्ध हुनपुगेको भिमदत्त राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री ज्वालाले हिजो मात्रै पहिरो प्रभावित भीमदत्त राजमार्गको स्थलगत अनुगमन गर्दै सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण राजमार्ग अवरुद्ध भएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । गत साउन २२ गते राति परेको अविरल वर्षा सङ्गै गएको पहिरोले सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म भीमदत्त राजमार्गमा आवागमन ठप्प भएको थियो ।

पहिरो पञ्छाई केही समय यातायात आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा समस्या भइरहेको छ । उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ । खण्डमा दुई तर्फी यातायात सञ्चालन गर्न समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक खण्डको झण्डै चारसय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको थियो भने एकसय मिटर लामो भागमा सडकमा भासिँएको  थियो ।

मन्त्री ज्वाला नेतृत्वको अनुगमन निरीक्षण टोलीमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीसमेत सहभागी रहेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार