ब्रेकिङ न्युज

Featured posts

बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मेला सम्बन्धि व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको अध्यक्षतामा भएको भेला बाट माघी मेला संचालनका लागि समिती गठन गरिएको हो । जसको अध्यक्षमा सीप प्रसाद डगौरा सर्वसम्मत चयन भएका हुन । चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी समेत गठ्न गरिएको छ । जसको सचीवमा दिपेन्द्र बोहरा, सचीवमा कुमारी चौधरी चयन भएका हुन । उक्त समिति माघी मेला संचालनको लागि मात्र गठ्न गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । यस्तै सोही भेला बाट मोहन्याल आधारभुत बिधालय…
पुरा पढ्नुहाेस्
भूकम्प पीडितलाई मोहन्याल गाउँपालिकाले साढे १३ लाख रुपैयाँ सहयोग दिने

भूकम्प पीडितलाई मोहन्याल गाउँपालिकाले साढे १३ लाख रुपैयाँ सहयोग दिने

बौनिया । कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ । जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखरे) जानकारी दिएका छन । उनले भने - 'हामीले आआफ्नो दैनिकी तलबभत्ता बाट केही रकम कटौती गरी उक्त दुःख घटनामा रहेका व्यक्ति हरुलाई सहयोग गर्दै छौं । जसमा गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले…
पुरा पढ्नुहाेस्
आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाण्डाै । नेपाल राष्ट्र बैङ्कले आजदेखि बडा दशैँ, तिहार र छठको लागि नयाँ नोट सटही सुविधा दिने भएको छ । काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ । यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ…
पुरा पढ्नुहाेस्
आफ्नो पारिश्रमिक विद्यार्थीको भविस्यमा खर्चिदै वडा अध्यक्ष शाही

आफ्नो पारिश्रमिक विद्यार्थीको भविस्यमा खर्चिदै वडा अध्यक्ष शाही

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर शाहीले आफ्नो पारिश्रमिक विद्यार्थीहरुको भविष्य निर्माण कार्यमा खर्चिदै छन । वडा अध्यक्ष शाहीले आफ्नो सरकारी कोषबाट आउने पारिश्रमिक विद्यार्थीहरुको भविष्य बनाउने कार्यमा खर्चिदै आएको छन । जस अनुसार मंगलबार मात्र पालिकाको वडा नम्बर ६ मा रहेको श्री महुन्याल माध्यमिक विद्यालयमा कक्षा १२ अध्ययनरत दिपिका डगौराको विद्यालयमा आउने सम्पूर्ण वार्षिक शुल्क बुझाइ दिएका छ्न । आर्थिक अवस्था कमजोर भइ आफ्नो अध्ययन लाई छोड्न बाध्य भएकी दिपिकाको अध्ययन लाई निरन्तरता दिन शाहीले आफ्नो पारिश्रमिक बाट विद्यालयमा वार्षिक रुपमा आउने सम्पुर्ण शुल्क बुझाई दिएका हुन । वडा अध्यक्ष शाहीले भने -…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक  दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी…
पुरा पढ्नुहाेस्
भोलि सार्वजनिक बिदा होइन, राष्ट्रिय शोकको घोषणा मात्र हो: मन्त्री शर्मा

भोलि सार्वजनिक बिदा होइन, राष्ट्रिय शोकको घोषणा मात्र हो: मन्त्री शर्मा

काठमाडौँ । सरकारले मंगलबार एक राष्ट्रिय शोकको घोषणा गरेको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले भोलि एक दिन राष्ट्रिय शोकको घोषणा हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।  मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल…
पुरा पढ्नुहाेस्
चार्टर विमान मार्फत इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारीमा सरकार

चार्टर विमान मार्फत इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहेमा चार्टर विमानमा ल्याउने गरी प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा अध्ययनलगायत अन्य प्रयोजनका लागि गएका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो । यस्तै बैठकले इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । यस्तै इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने

सुदूरपश्चिम सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई प्रति विद्यार्थी रु. दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई राहत स्वरुप प्रदेश सरकारले रु दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । ‘नेपालबाट (लर्न एन्ड अर्न) कार्यक्रम अन्तरगत इजरायलमा विद्रोही समूहको आक्रमणबाट दिवंगत हुनुभएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रति विद्यार्थी राहत स्वरुप रू. २ लाख उपलब्ध गराइनेछ ।’ विज्ञप्तिमा भनिएको छ । साथै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन, घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी…
पुरा पढ्नुहाेस्
तुइनको डोरी चुडिँदा कर्णालीमा खसेका पुरूष बेपत्ता

तुइनको डोरी चुडिँदा कर्णालीमा खसेका पुरूष बेपत्ता

सिमकोट । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा  ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएका हुन्। कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए। उनको…
पुरा पढ्नुहाेस्
बर्दगोरियाले सुरु गर्‍यो जोशीपुर, भजनी सडक खण्डको मर्मतसम्भार कार्य

बर्दगोरियाले सुरु गर्‍यो जोशीपुर, भजनी सडक खण्डको मर्मतसम्भार कार्य

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका हुँदै दक्षिण जोशीपुर, भजनी जोड्ने सडकको मर्मतसम्भार कार्य शुरु गरिएको छ । उक्त सडक खण्ड अन्तरगत बर्दगोरिया गाउँपालिकाले आफ्नो पालिका भित्र पर्ने सडक खण्डको मर्मतसम्भार कार्य शुरु गरेको हो । वर्षातको समयमा परेको पानीले गर्दा सडकमा परेका खाल्डाखुल्डीले गर्दा दैनिक रुपमा आवतजावतमा गर्ने यात्रुहरू निकै समस्या हुने गरेको थियो । सडकमा परेका खाल्डाखुल्डीले गर्दा यात्रुहरुलाई आवतजावत गर्न मात्र समस्या नभई दुर्घटनाको पनि उत्तिकै जोखिम गरेको थियो । जसलाई मध्ये नजरगर्दै बर्दगोरिया गाउँपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने सडकमा परेका खाल्डाखुल्डी मा ग्राभेल गर्दै रोलरले पेल्दै मर्मतसम्भार कार्य अगाडि बढाएको हो । जसले गर्दा नजिकिदै गरेको चाडपर्वमा…
पुरा पढ्नुहाेस्