समाचारको प्रभाव; महिनौंदेखि विद्युतको तारमाथि ढलेको रुख हटाइयो

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साडेपानी जङ्गलको मुख्य राजमार्गमा धराप बनेर बसेको रुख हटाइएको छ ।

मुख्य सडकमार्गकै छेउमा रुख ढलेको महिनादिन वितिकस्दा पनि
नेपाल विद्युत प्राधिकरण र सामुदायिक वनको बेवास्ताका कारण नागरिकको ज्यान धरापमा परेको,वर्षातको समयमा विधुतको पोल ढ्ल्ने, तार चुडिने र सडकमा आवातजावत गर्नेमाथि दुर्घटनाको जोखिम बढाएको समाचार सुदुरचित्रले प्रकाशित गरेको थियो ।

बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सगरमाथा सामुदायिक वनले आफ्नो क्षेत्रभित्र पर्ने सो रुख हटाएको हो । यसैगरी सगरमाथा सामुदायिक वनले आफ्नो क्षेत्रभित्र पर्ने वनमा विधुत चुहावट नहोस भन्नका लागि बिधुतको तारसम्म जोडिएका रुखका हागा काटेर व्यवस्थापन गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार