नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उचाल्यो उपाधि
काठमाडौँ । त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधि जितेको छ । मंगलबार आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधि हात पारेको हो । जितका लागि चाहिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन, सायब्रान्ड इन्गलब्रेचले ४८ रन, विक्रमजित सिंहले २९ रन तथा म्याक्स ओ'दाउदले २२ रन बनाए । नेपालका लागि कुशल मल्लले ४ तथा अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले…
















