जसपा पनि सरकारमा सहभागी हुने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ समीकरणअनुसार गठन हुन लागेको सरकारमा सहभागी हुने तयारीमा रहेको छ ।

जस अनुसार अहिले नयाँ गठबन्धन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न जसपा कार्यकारिणी समितिको बैठक जारी छ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको एक नेताले जानकारी दिए ।

नयाँ समीकरणअनुसार बनाइने सरकारमा जसपाले तीन मन्त्रालयमा दाबी गरेको सो पार्टीका एक सांसदले जानकारी दिए ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार