नाैलाेप्रेस डेस्क

833 Posts
बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मेला सम्बन्धि व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको अध्यक्षतामा भएको भेला बाट माघी मेला संचालनका लागि समिती गठन गरिएको हो । जसको अध्यक्षमा सीप प्रसाद डगौरा सर्वसम्मत चयन भएका हुन । चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी समेत गठ्न गरिएको छ । जसको सचीवमा दिपेन्द्र बोहरा, सचीवमा कुमारी चौधरी चयन भएका हुन । उक्त समिति माघी मेला संचालनको लागि मात्र गठ्न गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । यस्तै सोही भेला बाट मोहन्याल आधारभुत बिधालय…
पुरा पढ्नुहाेस्
काठमाडौँ महानगरले पठायो भूकम्प पीडितका लागि राहत सामाग्री

काठमाडौँ महानगरले पठायो भूकम्प पीडितका लागि राहत सामाग्री

काठमाडौँ । काठमाडौं महानगरपालिकाले जाजकोरट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाएको छ । महानगर नेपाली सेनाको हेलिकप्टरमार्फत जाजकोरट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत साम्रागी पठाएको हो । भूकम्प पीडितहरूका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू पठाइएको काठमाडौं महानगरपालिले जनाएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति पुगेको छ । खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ । सोही आधारमा काठमाडौं महानगरपालिकाले समेत राहत साम्रागी पठाएको हो ।
पुरा पढ्नुहाेस्
भूकम्पका रुकुमपश्चिममा १६ हजार पाँच ७० घर पूर्णरुपमा क्षतिग्रस्त

भूकम्पका रुकुमपश्चिममा १६ हजार पाँच ७० घर पूर्णरुपमा क्षतिग्रस्त

रुकुमपश्चिम । भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए । नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गर्नुभएको प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ । समितिका अनुसार आठबिसकोट नगरपालिकामा सात हजार एक सय ४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६ घर पूर्णरुपमा र सात सय २२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् । चौरजहारी नगरपालिकामा एक हजार नौ ८७ घर…
पुरा पढ्नुहाेस्
बर्दगोरियाले लगायो प्लाष्टिकका माला बिक्री कार्यमा प्रतिबन्ध

बर्दगोरियाले लगायो प्लाष्टिकका माला बिक्री कार्यमा प्रतिबन्ध

कैलाली । कैलालीको बर्दगोरियामा नेपालीहरुको दोस्रो महान चाड तिहार लाई लक्ष्यित गर्दै बजारमा ल्याइएका प्लाष्टिकका माला बिक्री गर्न नपाइने भएको छ । बर्दगोरिया गाउँपालिकाले आज एक सूचना जारी गर्दै उक्त प्लाष्टिकका माला बिक्री गर्न नपाइने जनाएको हो । नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन सवैमा अनुरोध छ। हेर्नुस सूचना ... उपर्युक्त सम्बन्धमा नेपाल सरकारले वातावरण संरक्षण ऐन २०५६ को दफा १५ (२) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात विक्रि वितरण वा भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेको…
पुरा पढ्नुहाेस्
भूकम्प पीडितलाई मोहन्याल गाउँपालिकाले साढे १३ लाख रुपैयाँ सहयोग दिने

भूकम्प पीडितलाई मोहन्याल गाउँपालिकाले साढे १३ लाख रुपैयाँ सहयोग दिने

बौनिया । कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ । जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखरे) जानकारी दिएका छन । उनले भने - 'हामीले आआफ्नो दैनिकी तलबभत्ता बाट केही रकम कटौती गरी उक्त दुःख घटनामा रहेका व्यक्ति हरुलाई सहयोग गर्दै छौं । जसमा गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले…
पुरा पढ्नुहाेस्
सानिमा बैंक बौनिया शाखाद्वारा २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

सानिमा बैंक बौनिया शाखाद्वारा २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको सानिमा बैंकले सामुदायिक विद्यालयमा अध्यनरत २ जना विद्यार्थीलाई एक बर्षको करिब १ लाख रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ । बर्दगोरियामा १७ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये चार वटा उच्च माध्यामिक विद्यालय छन् । जसबाट ९ जना विद्यार्थीले छात्रवृत्तिका लागि आबेदन दिएका थिए । तिनै सामुदायिक बिधालयमा अध्ययनरत छात्रा , दलित र जेहेन्दार बिद्यार्थी लाई छात्रवृत्ति उपलव्ध गराइएको हो । महुन्याल माध्यामिक बिधालय कक्षा ११ मा अध्यनरत छात्रा उर्मिला देवकोटा र बालकन्या माध्यमिक बिधालयमा अध्यनरत आरती कुँवर दुबै जनालाई कक्षा ११ अध्यनका लागी पचास हजार र कक्षा १२ अध्यनका लागि पचास हजार…
पुरा पढ्नुहाेस्
तिहारमा प्लाष्टिकको फूलका माला बिक्री गर्नेलाई कारबाही हुने

तिहारमा प्लाष्टिकको फूलका माला बिक्री गर्नेलाई कारबाही हुने

दाङका दुई पालिकाले तिहारमा प्लाष्टिकका फूलका माला प्रयोग नगर्न आग्रह गरेका छन्। जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरेको हो। दाङका दस पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो। उसले प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु बिक्री वितरण तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिइसकेको छ। त्यसकारण तुलसीपुर क्षेत्रमा यसपालि प्लाष्टिकजन्य मालाहरू देखिएका छैनन्। लमही नगरपालिकाले पनि आइतबार सूचना जारी गर्दै प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रूपमा फूलेका फूलका मालाहरु मात्रै भाईटिकामा प्रयोग गर्न आग्रह गरेको छ।…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने

बर्दगोरिया-५ मा वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको छ । वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबको आयोजनामा उक्त वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको हो । गत वर्षदेखि वडा स्तरीय फुटबल प्रतियोगिता गर्दै आएको आयोजक सहयोगी बेलुवा युवा क्लबले यसवर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको जनाएको छ । युवाहरूमा सामाजिक एकता, न्याय सभ्यता र व्यक्तितब विकास गरि सामाजिक उत्तरदायित्वको बोध गराउने र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष महेश रावलले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहाने टीमले यही कात्तिक १२ गतेदेखि टीम दर्ता…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालको हाल पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली…
पुरा पढ्नुहाेस्
आज कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने  शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि शुक्रबार नै समाप्त हो । शुक्रबार नै…
पुरा पढ्नुहाेस्