बर्दगोरियाले लगायो प्लाष्टिकका माला बिक्री कार्यमा प्रतिबन्ध

कैलाली । कैलालीको बर्दगोरियामा नेपालीहरुको दोस्रो महान चाड तिहार लाई लक्ष्यित गर्दै बजारमा ल्याइएका प्लाष्टिकका माला बिक्री गर्न नपाइने भएको छ ।
बर्दगोरिया गाउँपालिकाले आज एक सूचना जारी गर्दै उक्त प्लाष्टिकका माला बिक्री गर्न नपाइने जनाएको हो ।

नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन सवैमा अनुरोध छ।

हेर्नुस सूचना

उपर्युक्त सम्बन्धमा नेपाल सरकारले वातावरण संरक्षण ऐन २०५६ को दफा १५ (२) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात विक्रि वितरण वा भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेको विषय जानकारी गराउदै यस वर्ष नजिकिदै आइरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पाकाजन्य विष्फोटक पदार्थहरूको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन सबैमा अनुरोध छ साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले यस बर्दगोरिया गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरुमा सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरु उत्पादन भईरहेको परिप्रेक्षमा प्राकृतिक रुपमा उत्पादन भएका उक्त फूलहरू एवम् सो बाट बनेका मालाहरु मात्र प्रयोग गर्न हुन सम्बन्धित सबैमा अनुरोध गर्दै अनुगमनका क्रममा नेपाल

सरकारको निर्णय विपरित निषेधित कुनै कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही प्रकृया अगाडी बढाईने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार