नाैलाेप्रेस डेस्क

979 Posts
राजेन्द्र महतोले गरे नयाँ दल घोषणा 

राजेन्द्र महतोले गरे नयाँ दल घोषणा 

१ असोज, काठमाडौं । राजेन्द्र महतोले आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोको अध्यक्षतामा नयाँ दल गठन गरेको घोषणा गरिएको हो । पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि सबै अधिकार महतोलाई नै दिइएको छ । अनलाइन खबरबाट
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

मौसम पूर्वानुमानः आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेसँगै हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जस अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ…
पुरा पढ्नुहाेस्
घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

बर्दगोरिया । कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पालिकाको वडा नम्बर ४ भालुफाटा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जाँदै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाइकलले नामथर नखुलेका पुरुषलाई ठक्कर दिएको थियो। दुर्घटना आइतबार राति १०ः४५ तिर भएको हो । दुर्घटनामा करिब ५० वर्षीय पुरुष घाइते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–५ बस्ने २० वर्षीय रमेश जैगडी र…
पुरा पढ्नुहाेस्
बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, अन्य केहि घाइते

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, अन्य केहि घाइते

कैलाली। बझाङमा आइतबार राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति करिव १ बजेको समयमा बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुतेका १० जनामध्ये ६ जना भागेर बचेका हुन भने ४ जनाको घटना स्थलमै मृत्यु भएको हा । भागेकाहरु मध्ये केही समान्य घाइते भएका छन् । मृत्यु हुनेमा काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
रक्षाबन्धन धारण गरेर मनाइँदै जनैपूर्णिमा

रक्षाबन्धन धारण गरेर मनाइँदै जनैपूर्णिमा

काठमाडौँ । आज जनैपूर्णिमा अर्थात रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै…
पुरा पढ्नुहाेस्
आजको मौसम मौसम पूर्वानुमान

आजको मौसम मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई  स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमेलीहरुले आज ओल्के पर्व मनाउदै

सुदूरपश्चिमेलीहरुले आज ओल्के पर्व मनाउदै

कैलाली । आज सुदूरपश्चिमेलीहरु ओल्के पर्व मनाइदैछ। आफन्तजनलाई काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात लगाएरका परिकारहरु बाँडेर ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ। हरेक वर्ष साउन मसान्तसँगै सुदुरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा…
पुरा पढ्नुहाेस्
कृषिमन्त्री अधिकारी समक्ष किसानहरुले बुझाए १० बुँदे मागपत्र

कृषिमन्त्री अधिकारी समक्ष किसानहरुले बुझाए १० बुँदे मागपत्र

काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारी समक्ष किसानहरुले १० बुँदे मागपत्र बुझाएका छन् । शुक्रबार किसानले २०७२ को संविधानमा स्थापित खाद्य सम्प्रभुता नीतिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन, भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्न, अनुपस्थित भूस्वामित्वलाई निरुत्साहित गर्न लगायतका १० बुँदे माग सहित मागपत्र कृषिमन्त्री अधिकारी समक्ष बुझाएका हुन् । उनीहरुले खेती गर्ने किसानलाई जमिन उपलब्ध गराउन, कृषि उत्पादन उपजको मूल्य निर्धारणलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत निकायले सूचीकृत गरी लागु गर्न लगायतका विषय पेस गरेका छन् । यता मन्त्रालयले उक्त बिषयमा दुई तीन दिन भित्र छलफल गर्ने जनाएको छ । किसानका १० बुँदे मागः १) २०७२ को संविधानमा स्थापित खाद्य सम्प्रभुता…
पुरा पढ्नुहाेस्
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक,

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक,

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल २० वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन । ति मध्ये १२ वटाले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन, भने ४ वटाले स्थिर राखेका छन् । बाँकी ४ वटाले भने ब्याज दर घटाएका हुन् । ब्याजदर बढाउनेमा सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आइमएई बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक रहेका छन । यि बैंकहरुले साउनको तुलनामा ब्याजदर बढाएका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको…
पुरा पढ्नुहाेस्
नेपाल राष्ट्र बैकले खोल्यो विभिन्न पदका लागि आवेदन

नेपाल राष्ट्र बैकले खोल्यो विभिन्न पदका लागि आवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै यि विभिन्न पदका लागि आवेदन आह्वान गरेको हो । जसमा सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना) मा आवेदन आह्वान गरेको हो ।   बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पद पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ ।   विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने…
पुरा पढ्नुहाेस्