काठमाडौँ महानगरले पठायो भूकम्प पीडितका लागि राहत सामाग्री

काठमाडौँ । काठमाडौं महानगरपालिकाले जाजकोरट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाएको छ । महानगर नेपाली सेनाको हेलिकप्टरमार्फत जाजकोरट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत साम्रागी पठाएको हो ।

भूकम्प पीडितहरूका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू पठाइएको काठमाडौं महानगरपालिले जनाएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति पुगेको छ । खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ । सोही आधारमा काठमाडौं महानगरपालिकाले समेत राहत साम्रागी पठाएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार