बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको सानिमा बैंकले सामुदायिक विद्यालयमा अध्यनरत २ जना विद्यार्थीलाई एक बर्षको करिब १ लाख रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ ।
बर्दगोरियामा १७ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये चार वटा उच्च माध्यामिक विद्यालय छन् । जसबाट ९ जना विद्यार्थीले छात्रवृत्तिका लागि आबेदन दिएका थिए ।
तिनै सामुदायिक बिधालयमा अध्ययनरत छात्रा , दलित र जेहेन्दार बिद्यार्थी लाई छात्रवृत्ति उपलव्ध गराइएको हो ।
महुन्याल माध्यामिक बिधालय कक्षा ११ मा अध्यनरत छात्रा उर्मिला देवकोटा र बालकन्या माध्यमिक बिधालयमा अध्यनरत आरती कुँवर दुबै जनालाई कक्षा ११ अध्यनका लागी पचास हजार र कक्षा १२ अध्यनका लागि पचास हजार गरि दुई बर्षमा एक लाख छात्रवृत्ति वितरण गरिएको सानिमा बैंक बौनिया शाखाका प्रमुख दिनेश राज पाण्डेले जानकारी दिए ।
छात्रवृत्तिका लागि उक्त रकम बैंकले बिद्यार्थीले पेश गरेको आफ्नो कागजजातका आधारमा पहिलो किस्ता स्वरुप २६ ह्जार एकमुष्ट पाउने र बाकी रकम मासिक दुई ह्जारका दरले उपलब्ध गराउने पाण्डेले जानकारी दिए ।
सानिमा बैंकको केन्द्रिय कार्यालयले बिगत ११ बर्ष देखि सो छात्रवृत्ति बितरण गर्दै आएको छ भने बौनिया शाखाले यश क्षेत्रमा रहेका जेहेन्दार ,गरिब, बिपन्न र दलित परिवारका विद्यार्थीलाई उच्च शिक्षा अध्यन गर्न सहज होस भन्ने उद्देश्य अनुरुप बिगत ४ बर्ष देखि छात्रवृत्ति कार्यक्रम सुरु गरिएको पाण्डेले बताए ।
मंगलबार बैंकको कार्यालयम बसेको छात्रवृत्ति छनौट समितीको बैठकले छात्रवृत्तिका लागि आबेदन दिएका ९ जनालाई लिएको अन्तरबार्तामा दुई जना सफल भएका थिए ।
छनौट समितिमा बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की , शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट , बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, बैंकक तर्फबाट चक्र प्रसाद भाट र पत्रकार कृष्ण प्रसाद ओझा रहेका थिए ।