आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभएपनि हुने
काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले अब आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभएपनि हुने फैसाला गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनबाट दायर भएको रिटमा गत साउन २३ गते सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र नहकूल सुवेदीको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो । उक्त परमादेशको पूर्णपाठ भखर्रै सार्वजनिक गरिएको छ । आमाको नागरिकता भएको अवस्थामा उनका सन्तानले पनि वंशजकै नागरिक हुने र आमाको स्थायी ठेगाना नै सन्तानका लागि स्थायी ठेगाना हुने परामादेश जारी गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छः अतः निवेदक कृष्टिना महर्जनको आमा बिन्दिया महर्जनले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त…

















