
सुदूरपश्चिममा हजारौं ज्येष्ठ नागरिक स्वास्थ्य बीमाबाट वञ्चित
कैलाली । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा अनिवार्य गरेको छ । तर, सुदूरपश्चिम प्रदेशमा अझै २६ हजार १८० ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा भएको छैन । राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा १ लाख १२ हजार ५५४ जना ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक छन् । जसमा महिला ६४ हजार ७४२ र पुरुष ४७ हजार ८१२ रहेका छन् । यसमध्ये ८६ हजार ३७४ जनाको स्वास्थ्य बीमा भएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ । प्रदेश कार्यालयका अनुसार ४९ हजार ६६६ महिला र ३६ हजार ७०८ जना पुरुषको स्वास्थ्य बीमा भएको छ । कैलालीमा ३१ हजार ६६९, कञ्चनपुरमा…