सुनसरीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कल नोट बरामद

विराटनगर । सुनसरीमा प्रहरीले नेपाली एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । जिल्लाको इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा उक्त नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

एक हजार रुपैयाँ दरका उक्त नक्कली नोट बरामद गरिएको हो ।

नक्कली नोटसहित भारतको बीआर११एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार