नाैलाेप्रेस डेस्क

972 Posts
देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

कैलाली । देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ। हायसले ठक्करबाट घाइते भएका बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो । कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको बिहिवार दिउसो निधन भएको छ। उनलाई धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले ठक्कर दिएको थियो। हायसले ठक्करबाट घाइते भएका उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्। बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक सई पनि हुन्।
पुरा पढ्नुहाेस्
संविधान दिवस मनाउनुको अर्थ नेपाल र नेपाली जनतालाई एकताबद्ध गर्नु हो: ‘प्रचण्ड’

संविधान दिवस मनाउनुको अर्थ नेपाल र नेपाली जनतालाई एकताबद्ध गर्नु हो: ‘प्रचण्ड’

संविधानसभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ? –आज असोज ३ गते नेपालको संविधान दिवस र राष्ट्रिय दिवस । सबैभन्दा पहिले म यस ऐतिहासिक दिवसका अवसरमा संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरसम्म ल्याइपु¥याउन महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न प्रकारका आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, बेपत्ता यौद्धा, घाइते तथा अपाङ्ग लगायत सम्पूर्ण गणतान्त्रिक यौद्धाहरुप्रति उच्च सम्मान व्यक्त…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संविधान दिवस मनाइएको छ। पालिकाको मुख्य बजारको रूपमा रहेको बौनिया बजारमा राष्ट्रिय झन्डा फहराउँदै दीप प्रज्वलन गरी भव्य रूपमा मनाइएको हो।   सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।  फोटो फिचर
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

बर्दगोरिया । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जना रहेका छन । उनीहरु लागुऔषधसहित बुधवार नगरपालिकाको वडा नं. ३ स्थित चिसापानीबाट पक्राउ गरेको हुन उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटरसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।  
पुरा पढ्नुहाेस्
मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै

काठमाडौं । अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । यस्तो अवस्थामा अब पर्यटन क्षेत्र थप चलायमान बन्दै जाने व्यवसायीको विश्वास छ । मौसम खुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल…
पुरा पढ्नुहाेस्
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । विहिबार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ५९…
पुरा पढ्नुहाेस्
मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । “आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा संविधान दिवसको पूर्वसन्धयामा बजार सरसफाई

बर्दगोरियामा संविधान दिवसको पूर्वसन्धयामा बजार सरसफाई

बर्दगोरिया । संविधान दिवसको पूर्वसन्धयामा कैलालीको बर्दगोरिया गाउँपालिकाको मूख्य बजार सडकपुर बौनिया बजार सरसफाई गरिएको छ । बर्दगोरिया गाउँपालिका कैलालीको आयोजनामा उक्त बजार सरसफाई कार्यक्रम गरिएको हो । बजार सरसफाई कार्यक्रममा बौनियाँ बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, शस्त्र वेश क्याम्प झगडपुर, अस्थायी ट्राफीक पोष्ट बौनीयाँ, स्थानीय व्यापारी र स्थानीय समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो । यस्तै भोली अर्थात असोज ३ गतेका दिन मनाइने संविधान दिवस बर्दगोरिया गाउँपालिकामा पनि दिप प्रज्वलन गरि भव्य रुपमा मनाइने भएको छ ।
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री महुन्याल माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो । विद्यालयको सामाजिक परिक्षण समिति संयोजक बिनोद कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौरा ले आफू निरन्तर यश विद्यालयको स्तर उन्नतिको लागि काम गर्दै आएको बताउदै आफ्नो बालबालिकाको भविष्य प्रति अभिभावक पनि चिन्तित हुन जरुरी रहेको बताए ।…
पुरा पढ्नुहाेस्
आजको मौसम पूर्वानुमान 

आजको मौसम पूर्वानुमान 

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । जसको प्रभावले देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जनाएको छ ।   जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।   आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भ(भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।…
पुरा पढ्नुहाेस्