मेरो माइक्रोफाईनान्स दोधारा कञ्चनपुर शाखाद्धारा शैक्षिक सामाग्री बितरण

कैलाली । मेरो माइक्रोफानान्स लघुबित्त बित्तिय संस्था शाखा कार्यालय कञ्चनपुरले शैक्षिक सामाग्री बितरण गरेको छ । आइतवार एक कार्यक्रमका बिच कञ्चनपुरको दोधारा चादनी नगरपालिका वडा न ४ पिपल चौतारामा रहेको मालिका आधारभुत बिद्यालयका ७२ जना बिद्यार्थीहरुलाई संस्थाको दोधारा शाखा कार्यालयले शैक्षिक सामाग्री बितरण गरेको हो ।

‘शिक्षा नै समाज बिकासको मूल आधार हो भन्ने कुरालाई मध्यनजर गर्दै बिद्यार्थीहरुलाई अध्यापनमा सहयोग होस भन्ने उदेश्यका साथ मेरो माइक्रोफानान्स लघुबित्त बित्तिय संस्था शाखा कार्यालयले स्कुल ब्याग, कापी र पेन्सिल लगायतका शैक्षिक सामाग्री बितरण गरेको शाखा प्रमुख दीपेन्द्र बटालाले जानकारी दिएका छन ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पितृ बहादुर शाहीको अध्यक्षताका आयोजित शैक्षिक सामाग्री बितरण कार्यक्रमका प्रमुख अथिती वडा नं. ४ का वडाअध्यक्ष बिर बहादुर सुनार रहेका थिए । कार्यक्रमका संस्थाका केन्द्रीय कार्यालय राम कुमार सुवेदी बिशिष्ट अथिती रहेका थिए  भने अथिती शाखा प्रमुख दीपेन्द्र बटाला लगायतका रहेका थिए ।

मेरो माइक्रोफानान्स लघुबित्त बित्तिय संस्था शाखा कार्यालय कञ्चनपुरले नगर तथा ग्रामिण क्षेत्रसम्म आधुनिक बैंकिंग तथा लघुबित्तीय सेवा दिदैं त्यस क्षेत्रका सर्वसाधारणहरुमा वित्तीय सेवाको पहुँच तथा चेतना बिस्तारमा सहयोग गर्दै आएको छ ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व भित्र रहेर अझै प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने केन्दीय कार्यालयका राम कुमार सुवेदीले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार