गोदावरी कृषि सहकारीको ११ औं बार्षिक साधारणसभा सम्पन्न

गोदावरी (कैलाली) । गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शुक्रबार ओलानीमा सम्पन्न भएको छ । कुल जम्मा ८२ लाख ६२ हजार ९ सय ८६ रुपैया ७७ पैसाको आर्थिक तथा प्रगति प्रतिवेदन अनुमोदन र आगामी कार्ययोजना तय गर्दै साधारणसभा समपन्न भएको हो । सहकारीमा ५ लाख ८८ हजार १ सय ६५ रुपैया नाफा रहेको कोषाध्यक्ष पार्वती देवी विकले प्रतिवदेन प्रस्तुत गरेकी थिईन् । सहकारीमा ७ सय ६५ जना सेयर सदस्य रहेकाछन् ।

साधारणसभाका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा राज्यमन्त्री बल बहादुर सोडारीले कार्यक्रमको उद्घाटन गरेका थिए । साधारणसभा लाई सम्बोधन गर्दै सो्डारीले सहकारीले धेरै राम्रो गरेको भन्दै प्रशंसा गरेका थिए । गोदावरी कृषि सहकारीले दलित समुदायलाई आत्मनिर्भर बनाउन कृषि र व्यवसायतर्फ उन्मुख गरेको सोडारीले बताए । प्रदेश सरकार र स्थानीय सरकारको थप सहयोग भएपछि सहकारीले नागरिकको जीवन स्तरमा परिवर्तन ल्याउने गरि नमुनाको रुपमा कैलालीमा काम गर्ने आफूले विश्वास गरेको भन्दै प्रदेशमा सहकारीको विकासको लागि पहल गर्ने मन्त्रीले बताए । सुदूरपश्चिम प्रदेशमा जातीय छुवाछुत अहिले पनि समाज परिवर्तनको बाधक रहेकोले छुवाछुतको अन्त्य गर्न सरकार अग्रसर हुनुपर्नेमा मन्त्रीले जोड दिए ।

गोदावरी नगरपालिका ११ नम्बरका निवर्तमान वडा अध्यक्ष शिब विकले आत्मनिर्भरका लागि कृषि र व्यवसायमा लाग्नुपर्ने बताए । आत्मनिर्भर बन्न कृषिमा केही नयाँ काम गर्नेहरुका लागि वडा सरकारले आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै सहकारीले गरिरहेको कामको समाजमा सकारात्मक प्रभाव परेको बिकले बताए ।

सहकारीका निवर्तमान एवम् संस्थापक अध्यक्ष टेक बिकले जीवनस्तरमा सुधार ल्याउन सहकारीले ठूलो भूमिका खेलेको बताए । सामाजिक विभेदका विरुद्ध संघर्ष गर्नपनि आत्मनिर्भर बन्न आवश्यक रहेको उनले जोड दिए ।

कार्यक्रमका सभाअध्यक्ष कृष्ण बिकले सकारात्मक सोचले मात्र सहकारीको विकास सम्भव हुने भन्दै सबैले सहकारीको हितको बारेमा सोच्नुपर्ने बताए । १५ रुपैया बाट सुरु भएको सहकारी अहिले लाखौंको कारोबार गरिरहेको भन्दै विगतका दिनमा साहुबाट चर्को ब्याजमा ऋण लिने बाध्यताको सहकारीको स्थापनाप्छि अन्त्य भएको बिकले बताए । उनले भने “ जमिन बाँझो नराख्ने गरि मौसमी र बमौसमी खेती संगै व्यवसायलाई अगाडी बडाउने गरि सहकारीको विकासमा सबै लागि परेका छौं । एक समूह एक तरकारी अभियान सुरु भएकोले ओलानीलाई व्यवसायिक क्षेत्रको पहिचानका रुपमा चिनाउने गरि सहकारीले काम गरि रहेको छ ।”

२०६७ सालमा ७ सय ४१ जना दलित समुदायबाट बचत सुरु गरिएको थियो । दलित विकास सेवा केन्द्र नामको संस्था स्थापना गरि सुरुवात गरेपनि २०६९ सालमा गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेड दर्ता गरि निरन्तर सहकारीले काम गर्दै आएको छ ।

साधारणसभामा वडा सदस्य कुमार सिंह बडैला, गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिवारज जोशी, गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कृष्ण बहादुर बिकले मन्तव्य राखेका थिए । सचिब भिम बिकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बसन्ति विकले राखेकी थिईन् ।

१५ रुपैयाबाट बचत सुरु गरेको सहकारी ८२ लाखको कारोबार गर्दै

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार