बौनिया जेसिजले गर्‍यो पुरस्कर बितरण गर्दै सप्ताह कार्यक्रम सम्पन्न

बर्दगोरिया । बौनिया जेसिजको सप्ताह कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । मंसिर २२ गते देखि शुरु भएको जेसिज सप्ताह आज पुरस्कार बितरण गर्दै सम्पन्न भएको हो ।

सात दिन सम्म सञ्चालन गरीएका बिभिन्न कार्यक्रमहरु उत्साह पुर्बक सम्पन्न गर्दै बौनिया जेसिजले आज एक कार्यक्रमका बीच सप्ताहब्यापि कार्यक्रम विधिवत रुपमा समापन गरेको हो ।

बौनिया जेसिज वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष लिलाराज शाही रहेका थिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष लिलाराज शाहीले जेसिज भनेको नेतृत्व गर्ने स्थानमा नभई नेतृत्व गर्ने व्यक्तिको जन्म गर्ने संस्था रहेको बताए । जेसिजले आफ्नो बिधि र बिधानमा रहि व्यक्तिको शासन नभई बिधिको शासन स्थापित गर्न सफल हुनुपर्ने बताए ।

समापन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बौनिया जेसिज वर्ष २०१४ का अध्यक्ष भुमि प्रकाश बमले जेसिज भनेको नेतृत्व तथा व्यक्तित्व बिकास गर्ने संस्था रहेको बताए । उनले भने यति मात्र नभई जेसिज भनेको एक निस्वार्थ पुर्ण सेवामूलक संस्था रहेको बताएका हुन ।

यस्तै कार्यक्रम वर्ष २०१५ का अध्यक्ष जेसि गणेश प्रसाद भट्टले शुभकामना मन्तव्य राख्दै यस क्षेत्रको बिकास र यहाँका युवाहरूको नेतृत्व र व्यक्तित्व बिकासमा बिगत देखि नै यस जेसिजले आफ्नो क्षेत्र बाट विभिन्न हुने सम्पुर्ण कार्यहरु गरेको बताए ।

कार्यक्रममा जेसिजको सप्ताह व्यापी कार्यक्रममा सहयोग गर्ने बिधालय,मालिका दन्त सेवा र ईलाका प्रहरी कार्यालय बौनियालाई प्रसंशा पत्रले सम्मान गरेको थियो ।

कार्यकारीणि उपाध्यक्ष देवानन्द जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन महासचिव वीर बहादुर बिस्टले गरेका थिए । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार