एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा मन्नी चयन
९ फागुन, मसुरिया कैलाली । एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा खड्का मन्नी चयन भएका छन् । गौरीगंगामा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनले मन्नीको अध्यक्षतामा ५१ सदस्यीय समितिको निर्विरोध चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा धौलासिंह जाग्री र गिता जोशी उपाध्यक्षमा राम प्रसाद सापकोटा र यज्ञराज पनेरु, महासचिव मनोज रावल, अर्थ उप-महासचिव परमानन्द नाथ, उप- महासचिव लोकराज भट्ट, सचिवमा धन प्रकाश गिरी, कुल बहादुर भण्डारी र राम बहादुर ऐर चयन भएका छन् भने सदस्यहरुमा जब्बर बडुवाल, धनञ्जय ढुङ्गाना,लिखिनी चौधरी, चक्र मल्ल, दान बहादुर शाह, उज्ज्वल सिंह धानुक, प्रेमदत्त कलौनी, भागीरथ पाण्डेय, परमानन्द जोशी लगायत रहेका छन्…
















