बर्दगोरियामा यसै शैक्षिकसत्र देखी माध्यमिक तहसम्म नि:शुल्क शिक्षा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले यसै शैक्षिकसत्र २०७९/८० देखि माध्यमिक तहसम्म निशुल्क शिक्षा लागुगर्ने घोषणा गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकले माध्यमिक तह कक्षा १-१० सम्म निशुल्क शिक्षा लागुगर्ने निर्णय गरेको हो ।

कार्यपालिका बैठकमा भएको महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले पालिकामा रहेका १७ वटै सामुदायिक विद्यालयमा यसै शैक्षिकसत्र ०७९/८० वैशाखदेखि निशुल्क शिक्षा लागुगर्ने निर्णय भएको जानकारी दिए ।

स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएपछि कार्यपालिका बैठकको निर्णयबाटै पालिकाले शिक्षा क्षेत्रमा अनुकरणीय कामको कदम स्वरुप यो निर्णय गरेको प्रवक्ता गौतमले बताउनुभयो । यो निर्णयसङ्गै अब सामुदायिक विद्यालयहरुमा बालबालिकाले विद्यार्थी भर्ना फिस समेत नतिरी निशुल्क रूपमा पढ्न पाउने छ्न ।

कार्यपालिकाको यो अनुकरणीय निर्णयको यहाँका अभिभावक ,विद्यार्थी ,बुद्धिजीवी सबैले प्रसङ्सा गरेका छ्न पालिकाले आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको हो ।

विगतमा निजी स्रोतबाट संन्चालित विद्यालयहरुमा शिक्षक कर्मचारी र आवश्यक ब्यवस्थापनको जिम्मा पुर्णरुपमा गाउँपालिकाले लिने निर्णय भएकाले अब बिद्यालयमा कुनै पनि प्रकारको शुल्क लिन नपाइने प्रवक्ता गौतमले बताउनुभयो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार