सरस्वती माध्यामिक विद्यालयको ५० औं स्वर्ण वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

कैलाली । श्री सरस्वती माध्यामिक विद्यालय ओलानीको ५० र्औ स्वर्ण वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बमको प्रमुख आतिथ्यतामा मंगलबार वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बमले आफ्नो कार्यकालमा सुदुरपश्चिमकै जनताको पक्षमा आवाज उठाउने बताए । निर्वाचन जुनसुकै पार्टीबाट जितेपनि आफू सबैको साझा सांसद भएको र विकासमा विभेद गर्ने काम आफूले नगर्ने उनले बताए । ओलानी क्षेत्रले भोग्दै आएको समस्याको बारेमा म जानकार रहेकोले समस्या समाधानमा पहल गर्ने बमले बताए ।

शिक्षामा राजनीति गरिनु हुँदैन । विद्यलायको हितको लागि सबैले सकारात्मक रुपमा काम गर्नुपर्छ । शैक्षिक संस्थाको सम्रग विकास गर्ने दायित्व सरकारको भएकोले सामान्य कुरामा सरकार अल्झिन नहुने बमले बताए । सरकारले अभिभावकीय भुमिका खेल्नु पर्नेमा बमले जोड दिए ।

गोदावरी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शिभ बिकले गुणस्तिरय शिक्षमा जोड दिनुपर्ने बताए । विद्यालय जस्तो पवित्र ठाउँमा कसैले पनि साँघुरो सोच राख्नु हुँदैन । हामी सबै मिलेर संगै अगाडी बढेपछि मात्र सामाजिक विकास हुने बिकले बताए । अनाआवश्यक बदलाको भावनाले विद्याालयको विकास नहुने उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर साउँदले विद्यालय स्थापना गर्ने संस्थापकहरुको ईतिहास अभिलेखिकरणको काम गरि शिलालेख समेत राख्ने काम गरेको बताए । विद्यालयमा आधारभूत तहसम्म ईङ्लिस माध्यामबाट नयाँवर्ष देखि पठनपाठनको कामको सुरुवात गर्ने उनले बताए । विद्यालयका प्रधानाध्यापक राम बहादुर पार्कीले विद्यालय स्थापनाको लागि योनदान गर्नेहरुलाई मरणोप्रान्त सम्मान गरिएको बताए । साथै हालसम्मका कार्यसमिति र विद्यालयको विकासमा योगदान दिने सामाजिक व्यक्तिहरुलाई पनि सम्मान गरिएको पार्कीले बताए ।

वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा समेत प्रस्तुत गरेका थिए । विद्यालयमा राम्रो काम गर्दै आएका विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको शिक्षक कृष्ण बिकले बताए । पहिलो पटक विद्यालयमा ठूलो कार्यक्रम भएको र योगदान गर्नेहरुलाई सम्मान गरेको आफूलाई राम्रो लागेको कृष्ण पुनेबाटीले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार