सुदुरपश्चिम विशेष

दोदोधरा  ग्रामीण बिधुत सहकारीको अध्यक्षमा प्रकाश कार्की १३३ मत सहित बिजयी 

दोदोधरा  ग्रामीण बिधुत सहकारीको अध्यक्षमा प्रकाश कार्की १३३ मत सहित बिजयी 

बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ५/६ मा रहेको दोदोधरा ग्रामीण  बिधुत सहकारी संस्था लिमिटेडको नयाँ कार्य समितीको अध्यक्ष पदमा प्रकाश कार्की १ सय ३३ मत ल्याई निर्वाचित भएका छन । साधारण सभाबाट अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा सहमती नजुटे पछि मतदान प्रक्रियामा जानू परेको हो ।  अध्यक्ष ,सचिव र कोषाध्यक्ष पदमा निर्वाचन भएको हो ।  कार्कीले निकटतम प्रतिस्पर्धी रहेका शेर बहादुर बुढा लाई १३ मतान्तरले  पराजित गरेका हुन । बुढाले १ सय २० मत ल्याए भने  बिजयी प्रकाश कार्किले १ सय ३३  मत ल्याउदा २ मत बदर भएको छ । नयाँ कार्यसमिती सचिवमा सुरेश सुनारले २ सय ४ मत…
पुरा पढ्नुहाेस्
नेपाल दलित मुक्ति मोर्चाको प्रदेश सम्पर्क कार्यालय स्थापना

नेपाल दलित मुक्ति मोर्चाको प्रदेश सम्पर्क कार्यालय स्थापना

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन नेपाल दलित मुक्ति मोचाले धनगढीमा सुदूरपश्चिम प्रदेश सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का पोलिट ब्यूरो सदस्य तथा मोर्चाका फ्याक्सन इन्चार्ज ओमप्रकाश पुनले कार्यालय स्थापना पश्चात मोर्चाका कामलाई व्यवस्थित गर्न सहज हुने बताए।। त्यस्तै कार्यक्रममा बोल्दै पुनले विभेदको जरोको पहिचान गर्न नसके आमुल परिवर्तन ल्याउन नसकिने बताए । उनले भने 'विभेदको उत्पति कहाँबाट भयो, विभेदको जरो केहो? भन्ने विषयमा ठोस पहिचान गर्न सकेनौं भने आमुल परिवर्तन ल्याउन सकिदैन । विभेदको अन्यका लागि संघर्ष नै आवश्यक हुने…
पुरा पढ्नुहाेस्
प्रदेशको समग्र बिकास र समृद्धिका लागी पुर्ण बफादार छु : मुख्यमन्त्री शाह

प्रदेशको समग्र बिकास र समृद्धिका लागी पुर्ण बफादार छु : मुख्यमन्त्री शाह

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिकामा रहेको बसन्त मुरारी नमुना माध्यमिक बिधालयको २० औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिधालय व्यवस्थापन समिती अध्यक्ष टंक कुँवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपस्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण कुँवर र पुर्ब ए आई जि कमल सिंह बम रहेका थिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र विकास र समृद्धिका लागि आफू पुर्ण रूपमा बफादार भएर लागिपर्ने बताएका छ्न । कैलालीको बर्दगोरियामा आयोजित बसन्त मुरारी नमुना माध्यामिक बिधालयको २० औ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै उनले…
पुरा पढ्नुहाेस्
श्री बसन्त मुरारी नमुना मा.विको २० औ बार्षिकोत्सव : पुर्ब विद्यार्थी ,शिक्षक र अभिभावक सम्मानित

श्री बसन्त मुरारी नमुना मा.विको २० औ बार्षिकोत्सव : पुर्ब विद्यार्थी ,शिक्षक र अभिभावक सम्मानित

बौनिया / कैलालीको बर्दगोरिया गाउपालिकामा रहेको बसन्त मुरारी नमुना माध्यमिक विद्यालयले आफ्ना पुर्ब विद्यार्थी ,अभिभावक र शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले आफ्नो २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर ३ जना पूर्व विद्यार्थीहरू ,एक जना कुशल अभिभावक र एक जना शिक्षकलाई सम्मान गरेको हो । सम्मानित हुनेमा बिधालयमा लामो समय अध्यापन गराएका शिक्षक महेश्वर बिनाडी, कुशल अभिभावक भुपेन्द्र मल्ल , पुर्ब विद्यार्थी हाल लम्की चुहा नगरपालिका कृषि अधिकृत बिक्रम चौधरी , पुर्ब बिद्यार्थी तथा पत्रकार लोकेन्द्र सिंह ठकुरी, पुर्ब विद्यार्थी तथा सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बि सि सम्मानित भएका हुन । अध्ययन गरेको लामो समय पछि…
पुरा पढ्नुहाेस्
राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतमको उम्मेदवारी

राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतमको उम्मेदवारी

बाैनिया/ कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा अवस्थित राष्ट्रिय कलेजको स्ववियु सभापतिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी बाट सभापति पदमा सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गरेका छन । आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिका लागि जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ निवासी कुसल, इमानदार, तथा शिक्षा प्रेमी सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । सभापति पदका उम्मेदवार रहेका गौतमले आसन्न चैत्र ५ गतेको स्ववियु निर्वाचन भनेको कलेज तथा आम विद्यार्थीहरुको आगामी भविष्य सङ्ग जोडिएको हुँदा उक्त कार्यभार निस्वार्थ पुर्ण आफुले निभाउन सक्ने भएकाले आफुले आफ्नो उम्मेदवारी सभापतिका पदका लागि दर्ता गराएको नौलो प्रेस सङ्ग…
पुरा पढ्नुहाेस्
सिमा विवाद; जनतामा भ्रामक अभिव्यक्त दिएको भन्दै (माओवादी केन्द्र) मोहन्यालको गम्भीर ध्यानाकर्षण; विज्ञप्ति सहित

सिमा विवाद; जनतामा भ्रामक अभिव्यक्त दिएको भन्दै (माओवादी केन्द्र) मोहन्यालको गम्भीर ध्यानाकर्षण; विज्ञप्ति सहित

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका र लम्की चुहा नगरपालिका को सिमा विवादको विषयमा लम्की चुह नगपालिक वडा नम्बर ३ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लव बहादुर शाहीले जनतामा भ्रमित अभिव्यक्त दिएको भन्दै नेकपा माओवादी केन्द्र मोहन्यालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै वडा अध्यक्ष शाहीले मालिका टेलिभिजन मार्फत आम जनतामा मोहन्याल र लम्कीचुहा नगरपालिका सिमाको बिषयमा भ्रामक अभिव्यक्त दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समयमा चुरेको फेदमुनि बाट नदिजन्य पदार्थ ( ढुङ्गा, बालुवा) को रोयल्टी संकलन बारे विवाद भएको थियो । जसको समस्या समाधानको लागि लम्की चुहा नगरपालिकाकी नगर प्रमुख…
पुरा पढ्नुहाेस्
वाइसियल कैलालीले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

वाइसियल कैलालीले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

कैलाली । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियलले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यलय पुगेर वाइसियल संयोजनक भेषराज जैशिको टोलीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरु तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केहि अवान्छित तत्वहरु सक्रिय भइरहेको सन्दर्भमा संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी मार्फत पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । अहिलेसम्मका उपलब्धिविरुद्ध षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणका लागि सरकार समक्ष माग गरेका छन् । शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र…
पुरा पढ्नुहाेस्
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ । कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका हुन भने नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।
पुरा पढ्नुहाेस्
राष्ट्रपति निर्वाचन, दुई पूर्वसभामुख बीच कडा प्रतिस्पर्धा

राष्ट्रपति निर्वाचन, दुई पूर्वसभामुख बीच कडा प्रतिस्पर्धा

काठमाडौँ । आज मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया आज बिहान १० देखि दिउँसो ३ बजेसम्म चल्ने छ । सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । निर्वाचन कार्यालयका अनुसार मतदान ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र सम्पन्न हुनेछ,’ सो अवधिमा ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजे पछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन् ।' राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना…
पुरा पढ्नुहाेस्
महिला जागरण केन्द्र नेपालले भव्य रुपमा मनायो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (तस्बिर)

महिला जागरण केन्द्र नेपालले भव्य रुपमा मनायो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (तस्बिर)

कैलाली । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिला जागरण केन्द्र नेपाल लम्की चुहा नगरपालिका ६ ले एक भव्य कार्यक्रमका साथ मनाएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । जस अनुसार आज महिला जागरण केन्द्र नेपाल लम्की चुहा नगरपालिका ६ को आयोजनामा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो । महिला जागरण केन्द्र नेपालका अध्यक्ष बिष्ना बिसि को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष लोकेन्द्र कठायत रहेका थिए । कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष कठायतले आफुले आफ्नो वडामा महिला अधिकारको निम्ति हुने सम्पुर्ण कार्यक्रममा सकेजति सहयोग गर्ने…
पुरा पढ्नुहाेस्